१३ आश्विन २०८०, शनिबार

भारतीय विदेशमन्त्री जयशंकर चीन र भारतबीच तनाव कम गर्ने पक्षमा ?



१६ साउन, काठमाडौं । भारतीय विदेश मन्त्री जयशंकरले भारत स्वतन्त्र विदेश नीति अख्तियार गर्ने र कुनै समिकरणमा नजाने अभिव्यक्ति दिएको केही दिन पछि चीनले गरेको प्रगतिको प्रशंसा गरेको कुरा भारतीय सञ्चार माध्यामहरुमा सम्पे्रषण भएको छ ।

जयशंकरले भारतीय सुरक्षा रणनीतिकार सि राजा मोहन सँगको सि.एन.विसि टिभिको छलफलका क्रममा भारतले नडराइकन नयाँ विश्व परिस्थितिको परख गर्नु पर्ने बताएका छन् । ‘कि गेम भित्र रहनु पर्छ कि वाहिर’ उनले भनेका छन्, ‘यो निकै सतर्कता अपनाउनु पर्ने र बहुधुव्रीय विश्वमा बढ्दो संलग्नता जनाउनु पर्ने समय हो । यो समय भारतका लागि आएको छ ।’ यसमा उनले विषयवस्तुको अमुर्त संकेत मात्र गरेका छन् ।

नेपाल बारेमा अनुदार बुझिएका जयशंकर नेपालको सन्र्दभ दिन भने चुकेनन् । ‘भारत पन्चिङ ब्याग जस्तो भएको छ ।’ नेपालको सन्र्दभ जोड्दै उनले भने, ‘हाम्रो र छिमेकको संरचनाहरुमा बलियो सम्बन्ध स्थापना गरी राजनीतिक चक्रलाई नियालेर उपयुक्त बेला भारतको भूमिका देखाउनु पर्छ ।’ सायद नेपालले लिएको पछिल्लो अडानमा उनको आक्रोस थियो । यो अभिव्यक्तिले भारत मौका पाउना साथ साना देशलाई छाड्ने छैन भन्ने मनासय प्रकट गर्दछ ।

तर चीनका सन्दर्भमा भने उनको बिचार पहिले भन्दा नरम र व्यवहारिक देखिन्थ्यो । चीनको आर्थिक प्रगतिको स्वीकारोक्ति गर्दै उनले भने ‘चीन र भारत १९८८ मा राजिव गान्धि प्रधानमन्त्री हुँदा झण्डै बराबर जस्तै थिए । तर चीन अहिले आर्थिक रुपमा भारतभन्दा साढे चार गुना ठूलो छ ।’ भारतले अलि पछिमात्र खुला अर्थनीति लिएकाले समयमै चीन र पूर्वी एसिया जस्तै औद्यागिकीकरणलाई सघन पार्न नसकेको उनको स्वीकारोक्ति थियो ।

चीन र भारत बीच लद्धाखको ग्वालन धाँटीमा झडप हुँदा २० जना भारतीय सिपाहीले ज्यान गुमाउनु परेको थियो । उक्त झडपमा चीनले भने आफ्नो तर्फ क्षेती भएको संख्या हालसम्म पनि खुलासा गरेको छैन ।

चीन र भारत बीचको तनावमा रुसले अप्रत्यक्ष मध्यस्थता गर्न खोज्दा समेत विदेश मन्त्री जयशंकरले चीन र भारत बीचको वार्ताका लागि कसैको मध्यस्थता आवश्यकता नपर्ने बताएका थिए ।

चिनियाँ लगायत केही अन्तराष्ट्रिय सञ्चार माध्यमले समेत जयशंकर भारत, अमेरिका र पश्चिमा देश बीच या अमेरिका, भारत, जापान, अष्ट्रेलिया बीच प्रस्तावित क्वाडलाई सक्रिय बनाउन लागिपरेको र चीन भारतबीच सम्बन्ध विग्रिनुमा उनी सक्रिय रहेको आशंका गरिरहेको सन्र्दभमा उनको पछिल्लो अभिब्यक्तिहरु अर्थपूर्ण मानिएको छ ।

यही तनावको सिलसिलामा रुससँग हतियार किनमेल गर्न भारतीय रक्षामन्त्री राजनाथ सिंह मस्को गए र रुसि राष्ट्रपति पुटिनसँग भेटवार्ता गरे । रुस र भारतबीच हतियार किनमेलको सौदावाजी पनि भयो । यता चीन र भारतबिच भएको तनावमा भारतीय मिडियाले झगडा चर्काउन प्रोपागाण्डा मच्चाउन उद्दत भइरहेका बेला भारतिय सुरक्षा सल्लाहकार अजित डोभल चीन र भारतबिच सम्भावित द्वन्द्व कम गर्न निर्णायक बन्न पुगे । चिनिया विदेशमन्त्रीसँग लामो अनलाइन छलफल गरेर उनले विषयलाई सहजतातर्फ अघि बढाए । यसले डोभल विदेश र सुरक्षा मामलाका निर्णायक ब्यक्तिका रुपमा देखा परे । भनिन्छ, भारत चीन सम्बन्धमा एस जयशंकरको भूमिका सकारात्मक नभएकाले चिनले उनसँग कुरा गर्न नचाहेको हो ।

यही बिचमा चीनले इरानसँग २५ वर्षे रणनीतिक लगानी सभ्झौता गर्यो । यो सुरक्षासँग पनि जोडिएको मानिन्छ । चीनसँग अनावश्यक झगडा मोल्ने विषय भारतको दिर्घकालिन विकास र सुरक्षा रणनीतिकै लागी प्रत्युपादक देखिएको चर्चा हुनथाल्यो ।

उत्पन्न नयाँ परिस्थितिमा अजित डोभर सुरक्षा र विदेशसम्बन्ध दुबैमा निर्णायक बन्न थाले पछि सायद एस जयशंकर चीनसँग सम्बन्ध सुधार्न नरम भाषा प्रयोग गरेको हुनसक्ने अड्कल गरिएको छ ।

(एनडिटिभि, टाइम्स अफ इन्डिया, स्पुतनिक )


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको