२ कार्तिक २०७८, मंगलवार

विश्वविख्यात फुटबलर मेस्सी पीएसजीमा अनुबन्धित




२६, साउन, काठमाडौं । अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा अनुबन्धित भएका छन् ।

इटालियन पत्रकार फ्याब्रिजियो रोमानोलेका अनुसार बार्सिलोनाबाट बाहिरिएका मेसीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गरेका हुन् ।

‘मेसी पीएसजीसँग अनुबन्धित भएका छन् । सम्झौता भइसकेको छ । र, सम्झौतामा थप्न सकिने अप्सन पनि छ,’ फुटबल समाचारका लागि सबैभन्दा विश्वासिला पत्रकार रोमानोले ट्वीट गरेका छन्, ‘प्रतिसिजन तलब करिब ३५ मिलियन हुनेछ ।’

अर्को रोचक कुरा बार्सिलोनामा सँगै फुटबल खेलेका, एकअर्कामा निकै मिल्ने साथी नेमार र मेस्सी फेरी पिएसजीमा सँगै देखिने छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको