असधारण बहुमतसहित फेरी सरकारमा आउने एमाले अध्यक्ष ओलीको दाबी
२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले असाधारण मतसहित फेरि आफू प्रधानमन्त्री हुने बताएका छन् । आज प्रतिनिधि सभामा बोल्दै ओलीले उनले विगतमा आफूले जस्केलाबाट नभई मूलढोकाबाट अाएकाे स्मरण गर्दै पुनः असाधारण जनमतका साथ फेरि पनि सत्तामा आउने बताएका हुन् ।
उनले यसअघि आफू विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र ईर्ष्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको पनि बताए । उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री बनेको पनि बताए ।
उनले लोकतान्त्रिक प्रणालीका संस्थाहरू मर्यादामा बसेर काम गर्नुपर्ने पनि बताए । सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन् ।
असामान्य ढंगले सरकार परिवर्तन भएको ओलीको भनाइ छ ।
उनले लोकतान्त्रिक प्रणालीका संस्थाहरू मर्यादामा बसेर काम गर्नुपर्ने पनि बताए ।
उनले सत्ता गठबन्धनको आलोचना गर्दै भद्दा र स्वार्थहरूको गठबन्धनतर्फ देश गएको र यसले विकासको अभियानलाई सञ्चालन गर्न नसक्ने बताए ।