२ कार्तिक २०७८, मंगलवार

भ्वोइसको पहिलो सिजनमा अडिशनमै छनोट हुन सकिन, अहिले फाइनलिस्ट हुँदा निकै खुशी छुः ज्वाला राई




२६ साउन, काठमाडौं । भ्वोइस अफ नेपाल सिजन–३ मा टिम तृष्णाको प्रतिनिधित्व गर्दै फाइनलमा पुगेका ज्वाला राईले फाइनलिस्ट ट्रफी उचाले । गीतको भावमा डुबेर निर्धक्क प्रस्तुती दिने ज्वालाले भ्वोइसमा जोडिएपछि लाखौँ शुभचिन्तक कमाएका छन् । तर यो सफलताको भागिदार हुन् उनले जिवनका धेरै उतार–चढावहरू झेल्दै कठिन संघर्ष गरेका छन् । हालसम्म औपचारिक रूपमा कुनैपनि संगीत कक्षा नलिएका उनी आफुलाई चिन्ने भएदेखि नै गीत गाउन औधी रुची राख्थे । भोजपुरमा जन्मिएका ज्वाला बाल्यकालदेखि नै स्कुलका विभिन्न कार्यक्रमरूमा र जिल्लास्तरिय गायन प्रतियोगीताहरूमा पनि भाग लिने गर्थे । गीत संगीतमा दुःख, संघर्ष र मेहनत गर्दागर्दै पनि कतैबाट सोचजस्तो नभएपछि विरक्तिएर कलाकारिताबाट लगभग पलायन नै भइसकेका राई यो अवस्थामा आइपुग्नु अगाडिको रहस्य यस्तो छ ।

भोजुरबाटै प्लस टु सकेपछि ब्रिटिश लाहुरेमा भर्ती हुन ज्वाला काठमाडौं आए । दुई वर्ष कडा अभ्यास गरेर ब्रिटिश आर्मी भर्ती प्रक्रियाको अन्तिम चरणमा पुगेपनि सफलता हात पार्न सकेनन् । त्यसपछि फेरी काठमाडौंमा दुई वर्ष पसल गर्दा पनि खासै आर्थिक उपार्जन गर्न नसकेपछि ज्वाला वैदेशिक रोजगारका क्रममा मलेसिया पुगे । उनी भन्छन्, ‘काठमाडौंमा हुँदा आफै गीतहरू पनि कम्पोज गरेको थिए तर रेकर्ड गर्ने पैसा नभएपछि अलिकति पैसा कमाउनु पर्छ भन्ने सोचले सन् २०१५ मा मलेसिया गएँ । त्यहाँ दुई वर्ष काम गरेर नेपाल फर्किएँ ।’

ज्वाला फ्रेञ्चाइज गायन प्रतिस्पर्धा नेपाल आइडल सिजन–१ मा भाग लिनकै लागि गरिरहेको काम छोडेर मलेसियाबाट नेपाल आए । तर आइडलको प्रि अडिशनमै छनोट नभएपछि कलाकारिता केहि गर्न सक्छु भन्ने ज्वालाको आत्मविश्वासमा फेरी ठेस लाग्यो । संगीतमा केहि गर्न नसकिने रैछ भन्ने लागेपछि विरक्तिएर उनी फेरी युरोप जाने चक्करमा लागे । एक वर्ष समय त्यतै वित्यो, मेलेसिया गएर कमाएको अलिअलि पैसा पनि सकिएपछि फेरी उनी पहिलेकै अवस्थामा आए ।

ज्वाला फ्रेञ्चाइज गायन प्रतिस्पर्धा नेपाल आइडल सिजन–१ मा भाग लिनकै लागि गरिरहेको काम छोडेर मलेसियाबाट नेपाल आए । तर आइडलको प्रि अडिशनमै छनोट नभएपछि कलाकारिता केहि गर्न सक्छु भन्ने ज्वालाको आत्मविश्वासमा फेरी ठेस लाग्यो । संगीतमा केहि गर्न नसकिने रैछ भन्ने लागेपछि विरक्तिएर उनी फेरी युरोप जाने चक्करमा लागे । एक वर्ष समय त्यतै वित्यो, मेलेसिया गएर कमाएको अलिअलि पैसा पनि सकिएपछि फेरी उनी पहिलेकै अवस्थामा आए । र सुरू गरे कभर गीत गाउन । जसले उनलाई नसोचेको सफलता मिल्यो । उनले युट्युवबाट नाम र दाम दुबै कमाए । उनले गाएका कभर गीतहरू एकपछि अर्को गर्दै हिट हुन थालेपछि फेरी उनमा संगीतमै केही सकिन्छ भन्ने आत्मविश्वास पलायो । र तिनै ज्वाला राई आज विश्वचर्चित रियालिटी गायन प्रतिस्पर्धा भ्वोइस अफ नेपाल सिजन–३ को फाइनलिस्ट बन्न सफल भए ।

भ्वोइसको योसहित अघिल्ला सिजनमा समेत भाग लिएका ज्वालाको गायन प्रतिस्पर्धामा भाग लिदाको अनुभव भने सुखद छैन । काठमाडौं आएपछि वि.सं. २०६९ सालमा भएको स्वर संग्राम नाम गायन प्रतिस्पर्धामा भाग लिए । त्यसपछि नेपाल आइडललको तीनवटै सिजनमा भाग लिएका ज्वाला प्रि अडिसनमै छनोट हुन सकेनन् ।

टिम प्रमोदको प्रतिनिधित्व गरेर फाइनलका पुगेका किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बन्नुलाई आफुले स्वभाविक रूपमा लिएको उनले बताए । उनी भन्छन्, ‘विजेता बन्न नसकेकोमा मलाई त्यति धेरै दुःख पनि छैन । हामी सबैजना गाएरै फाइनलमा पुगेका हौँ । भोट बढी किरणको आयो ऊ विजेता बन्यो । स्रोता दर्शकहरूले दिनुभएको यतिधेरै मायाँ, हौसला, साथ नै मेरौ लागि ट्रफी सरह हो ।’

त्यस्तै भ्वोइस अफ नेपाल सिजन–१ समेत भाग लिएका ज्वाला डिजिटल अडिशनमै छनोट हुन सकेनन् । ज्वाला भन्छन्, ‘भ्वोइसको सिजन–३ मा भाग्यवस छनोट भएँ र आफ्नो टिमको उत्कृष्ट प्रतिस्पर्धी बनेर फाइनलिस्ट बन्न पाउदा निकै खुशी छु ।’ टिम प्रमोदको प्रतिनिधित्व गरेर फाइनलका पुगेका किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बन्नुलाई आफुले स्वभाविक रूपमा लिएको उनले बताए । उनी भन्छन्, ‘विजेता बन्न नसकेकोमा मलाई त्यति धेरै दुःख पनि छैन । हामी सबैजना गाएरै फाइनलमा पुगेका हौँ । भोट बढी किरणको आयो ऊ विजेता बन्यो । स्रोता दर्शकहरूले दिनुभएको यति धेरै मायाँ, हौसला, साथ नै मेरौ लागि ट्रफी सरह हो ।’

भ्वोइसका उत्कृष्ट चारले पाएको वल्ड टुरको अवसर पाएका छन् । तर कोरोना महामारीका कारण तत्कालै वल्ड टुर हुनसक्ने अवस्था भनै छैन । ज्वालाले अवस्था अनुकुल भयो भने वल्ड टुरमा जाने र आफ्ना बाँकी सिर्जनालाई पूर्णता दिने र नयाँ–नयाँ गीतहरू बजारमा ल्याउने योजना बनाएका छन् । धेरै जनाले आफुसँग सहकार्य गर्न खोजिरहेकाले ति कामहरू पनि क्रमबद्ध रूपमा गर्दै जाने उनले बताए ।

संगीतको औपचारिक कक्षा नलिएका राईले अरुको हेरेर, गीतहरु सुनेर, साथीभाइको सँगतले गीत गाउन सिकेको बताए । बाजाहरू बजाउनु हुन्छ कि भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘सामान्य गीटार बजाउछु । त्यो पनि आफै सिकेको हुँ ।’

भ्वोइसमा भाग लिएर फर्किएपछि भने आफुले धेरै कुरा सिक्ने अवसर पाएको उनले बताए । प्रस्तुती अगाडि गरिने अभ्यासहरू, कोचबाट, सल्लाहकारबाट, आफ्नै प्रतिस्पर्धीहरूबाट पनि कतिपय कुराहरू सिकेको ज्वालाको अनुभव छ । ‘गीत भावअनुसारको प्रस्तुती कसरी दिने, क्यामेरा कसरी फेस गर्ने, दर्शकहरूसँग कसरी अन्तरक्रिया गर्नेलगायत एउटा कलाकारले प्रस्तुतिका क्रममा ध्यान दिनुपर्ने धेरै प्राविधिक कुराहरू समेत सिक्ने अवसर मिल्यो’ ज्वालाले भने ।

आफुलाई माया गर्ने, भोट गर्ने, सधै हौसला दिने देश तथा विदेशमा रहेका सम्पूर्ण दर्शक स्रोताप्रति ज्वाला हृदयदेखि नै आभारी छन् । उनी भन्छन्, ‘भ्वाइसको यात्रा सकिए पनि वास्तविक साँगितिक यात्रा अब सुरु हुने भएकाले आफुलाई माया गर्ने सम्पूर्णबाट फेरी पनि साथ र आशिर्वाद पाउने ज्वालाको अपेक्षा छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको