३१ आश्विन २०७८, आईतवार

गाउँको चिट्ठी



गाउँ त उस्तै हो
तिमी बदलियौं
बचेराले गुँड छाडे सरि गाउँ छाडि गयौं
घरको आँगन छाडि गयौं
छाने घर छाडि गयौं
बुढा बा आमा छाडि गयौं
वन जङ्गल छाडि गयौ

गाउँ त उस्तै छ
वन जंगल उस्तै छ
खोलानाला उस्तै छन्
मात्र तिमी बदलियौं
तिमी बस्ने शहर बदलियो

तर तिमिलाई
घरको संघारले सम्झिरहेछ
दलिनले सम्झिरहेछ
छानुले सम्झिरहेछ
अँगेनोले सम्झिरहेछ
बुढा बा–आमाको काखले सम्झिरहेछ

वनपाखाले सम्झिरहेछन्
गाउँ घरले सम्झिरहेछ
घर आँगनले सम्झिरहेछ
झरना र छहराले सम्झिरहेछ
खोलानालाले सम्झिरहेछ
वारिका पाटाहरूले सम्झिरहेछन्
खेतका गह्राहरूले सम्झिरहेछ
उकालि ओराली गर्दा सुस्ताएको
चौतारीले सम्झिरहेछ

अहिले धेरै शहरमा छन्
तिमी पनि शहरमा छौ
शहरबाट
तिमी तस्बिर पठाउछौं
नेताले सन्देश पठाउँछन्
पत्रकारले खवर पठाउँछन्

गाउँ यता एक्लै छ
हाँगामा बसेको एक्लो ढुकुर झैं
ढुक्कुर ढुक्कुर गर्दै बसिरहेछ
बचेराले छाडि गएको खालि गुँड झैं
रित्तोपना साँचिरहेछ
गाउँले तिम्रो यादमा
एउटा चिठि पठाएको छ।



प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको