२० जेष्ठ २०८०, शनिबार

बेल्ट एण्ड रोड इनिसियटिभबारे चिनियाँ र नेपाली बुद्धिजीवि तथा नेताहरूबीच छलफल



२० भाद्र, काठमाडौं । कोरोना महामारी र बेल्ट एण्ट रोड इनिसियटिभसँग सम्बन्धित रही चीन र नेपालका बुद्धिजीवि तथा नेताहरूबीच एक कार्यक्रम सम्पन्न भएको छ । शान्ति र निशस्त्रीकरणका लागि चिनियाँ जनताको संघ र नेपाल पिस काउन्सिलको आयोजनामा शनिबार भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

चीनका तर्फबाट रेनमिन हस्पिटल वुहान विश्वविद्यालयकी डिन डा. लियान जिनजुङले चीनले कसरी कोरोना माथि विजय प्राप्त गर्यो र विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि कसरी सहयोग आदान-प्रदान गरिरहेको छ भन्ने विषयमा एक प्रस्तुती गरेकी थिइन् ।

नेपालका तर्फबाट कोरोना महामारी र बेल्ट एण्ड रोड, सुरक्षा, दुई सरकार र पार्टीबीच भएका विआरआई सहकार्य र सम्बन्ध, दुइ देश बीचको सञ्चार सम्बन्ध, नेपालमा कोरोना महामारीको अवस्था र सरकारले गरेका प्रयासहरू, सामाजिक प्रभाव आदि बारेमा वक्ताहरूले आफ्ना विचार राखेका थिए ।

प्रधानमन्त्रीका विदेश सल्लाहकार डा. राजन भट्टराई, चीनका लागि नेपालका पूर्व राजदुत टंक कार्की, नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, जनस्वास्थ्य विज्ञ खेम कार्की, कान्तिपुरका पूर्व सम्पादक युवराज घिमिरे, प्राध्यापक डा. युवराज संग्रौला, सांसद डा. दिपक प्रकाश भट्ट, नेकपा नेता पशुपति चौलागाई, नेकपा नेतृ सुजिता शाक्य, विश्व प्रजातान्त्रिक युवा संघका पूर्व उपाध्यक्ष योगेन्द्र शाहीलगायतले कार्यक्रममा सहभागि भई आफ्नो प्रस्तुती गरेका थिए।

छलफलमा प्रस्तुत बक्ताहरुले चीन र नेपाल सम्बन्धका पाटाहरू केलाउनुका साथै नेपाल चीन बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गतका परियोजनाहरू दुबै पक्षले छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्ने आग्रह गरेका छन् । कोभिड १९ महामारीपछिको विश्व परिस्थिति र चीनले महामारी नियन्त्रण गर्न प्राप्त गरेको सफलता बारे वक्ताहरूले प्रशंसा गरे । आगामी दिनमा विआरआइ अन्तर्गत नेपाल र छिमेकमा महामारी नियन्त्रण गर्ने हेल्थ सिल्क रोड जस्ता कार्यक्रम अघि बढाउनु पर्ने विषयमा घारणा राखिएको थियो ।

शान्ति र निशस्त्रीकरणका लागि चिनियाँ जनता संघका उपमहासचिव डा. ताओ ताओले सहजीकरण गरेका थिए भने नेपाल पिस काउन्सिलका अध्यक्ष रवीन्द्र अधिकारीले मन्तब्यसहित समापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको