२ कार्तिक २०७८, मंगलवार

देउता चढेको भन्दै सुत्केरी श्रीमतीलाई तातोपानी खन्याई यातना




२६ साउन, दैलेख । दैलेखका एक युवाले आफ्नो शरीरमा देउता चढेको बहानामा श्रीमतीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका– ५ गौरीसल्लाका दीपक नेपालीले तातोपानी खन्याउँदै अगुल्टोले झोसेर सुत्केरी पत्नी हस्तना दमाईलाई गम्भीर घाइते बनाएका छन् ।
चार महिनाकी सुत्केरी २६ वर्षीया हस्तनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । ‘आफूमा देउवा चढेको भन्दै श्रीमान्ले ढाड र अनुहारमा अगुल्टो झोस्ने र तातोपानी खन्याउने गर्न थालेपछि गुहार माग्दै भागेँ,’ उनले भनिन् । घाइते उनलाई छिमेकीले उपचारका लागि स्थानीय मेडिकलमा पु¥याएका थिए । घटनाबारे थाहा पाएपछि डाँडीमाडी चौकीबाट पुगेका प्रहरीले थप उपचारका लागि दैलेख अस्पताल पु¥याएका हुन्
हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए । ‘हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त छ, उपचार यहीँ सम्भव छ,’ डा. थापाले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको