३१ आश्विन २०७८, आईतवार

एमाले वरिष्ठ नेता नेपालले भने,‘एकताको च्याप्टर क्लोज’




२६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकलौटी रूपमा अध्यक्षलाई झन् शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै असन्तुष्टि जनाएका छन् । एमालेले सोमबार तुलसीलाल स्मृति भवनमा केन्द्रीय कमिटी बैठक गरेर अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित र अरू मनोनित गर्ने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो ।

पार्टीभित्र देखिएका विवाद मिलाउन पहल भइरहेका बेला अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरी विधान संशोधन प्रस्ताव अगाडि बढाएपछि नेता नेपालसहित उनी पक्ष असन्तुष्ट भएको छ ।

यसपछि नेता नेपालले आफूनिकटका नेताहरूसँग अब पार्टी एकताको च्याप्टर क्लोज भएको प्रतिक्रिया दिएका छन् ।

‘ओलीले सोमबार गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको छ । देशव्यापी रूपमा समानान्तर गतिविधिलाई अब तीव्रता दिनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हिजोको निर्णयले पार्टी एकतामा बाधा पुर्‍याएको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको