२ कार्तिक २०७८, मंगलवार

इन्सपेक्टर कपिल वाग्लेको मोटरसाइकलको ठक्करबाट मृत्यु



२६ साउन, काठमाडौं । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

वाग्लेको दुर्घटनामा परी गएराति निधन भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । वाग्लेलाई इलाका प्रहरी कार्यालय बर्दघाट चौकीदेखि करिब दुई सय मिटर पूर्व राजमार्गमा पैदल हिँड्दै गर्दा सोमबार राति ८ बजेतिर लु १४ प ७५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए ।

मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुनलाई पक्राउ गरिएको डिएसपी लामाले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको