३ कार्तिक २०७८, बुधबार

जुम्लाको मार्सी चामलबाट बनेको ‘मार्सी’ बियर बजारमा




२६ साउन, काठमाडौं । हिमाली भेग जुम्लामा फलेको मार्सी चामलबाट बनेको ‘मार्सी’ बियर बजारमा आएको छ । टाइगर्स ब्रुअरीले मार्सी बियर बजारमा ल्याएको हो । यो बियर नेपालका सबैजसो सहर–बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकको चाहना र मागअनुसार मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी भ्mयाप गरी तीन प्रकारका बियर बजारमा ल्याएको कम्पनीको भनाइ छ ।

मार्सी बियर नेपाली उत्पादन भएकाले नेपाललाई माया गर्नेले यो बियरलाई पनि माया गर्ने कम्पनीको अपेक्षा छ । त्यस्ता व्यक्तिको पहिलो रोजाइमा मार्सी बियर पर्ने कम्पनीको भनाइ छ । यो बियर अन्य बियरभन्दा फरक स्वादको भएको र ग्राहकको आवश्यकताअनुसार ३ सय ३० र ६ सय ५० मिलिलिटरको बोतलमा उपलब्ध रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको