३ कार्तिक २०७८, बुधबार

एमाले बैठकमा ओली र गौतमबीच घम्साघम्सी



२५ साउन, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘जे पाए त्यही बोल्ने ? पार्टी अध्यक्षले मनलागी बोल्न पाइन्छ भने विधानमै व्यवस्था गर्नुपर्यो’ भनी कडा रूपमा प्रस्तुत भए । गौतमले मनलाग्दी बोल्ने जो कोहीलाई अनुशासनको कारबाही हुनुपर्यो भन्दै स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग जँगिए ।

गौतमले ओलीमाथि आक्रोश पोखिपछि एमाले बैठकमा सन्नाटा छाएको थियो । उनी झन् कडा रुपमा प्रस्तुत हुँदै भने, ‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष कमरेड ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन ।’

गौतमले पार्टी अनुशासन विपरित गलत गर्ने जोसुकैमाथि कारबाही हुने समेत चेतावनी दिए । उनले पार्टीमा कसैले गल्ती गर्यो भने राजनीतिक कारबाही हुन्छ भनी घुमाउरो हिसावले ओलीमाथि कारबाहीको विषय समेत उठाए ।

गौतमले ओलीमाथि व्यङ्ग्य गर्दै भने, ‘अध्यक्षले मनपरी गरेको विषयलाई यी अध्यक्षका अधिकारहरू भन्ने शिर्षकमा केही अधिकारहरू थप्नुपर्छ । हाम्रो पार्टीका अध्यक्षलाई मनलाग्दी गर्दा पनि आममाफी हुनेछ भन्ने विधानमा किटानसाथ उल्लेख गरिनुपर्छ ।’ उनले विधानमै कतिलाई अपराधी, देशद्रोही र गद्दार भन्न सकिने विधानमै उल्लेख गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका थिए ।

गौतमले आफूविरुद्ध कडा रूपमा बोल्न थालेपछि ओली निकै आक्रोशित भएपछि दुवैबीच चर्काचर्की भयो । बाँझाबाँझपछि गौतम बैठकबाट निस्किएर हिंडे । उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने गरी बाहिरिएका हुन् । ओलीसँग पछिल्लो समय असन्तुष्ट गौतम माधवकुमार नेपालको पक्षमा बोल्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको