३ कार्तिक २०७८, बुधबार

आन्तरिक समृद्धि


पुण्य कार्की
२५ श्रावण २०७८, सोमबार

पछिल्लो समय म बुद्धपुरुषका जीवनमा घटेका घटनाहरूको विषयमा अध्ययन गरिरहेको छु । बुद्धपुरुषहरूले भनेका बोध कथा सूत्रकथा र प्रतीकहरूमा लुकेका विराट अर्थहरू खोतलिरहेछु । उनीहरूले सूत्रमा संसार उभ्याइदिएका छन् । विन्दुमा विराट बखानेका छन् । मानिसलाई जगाउन उनीहरूले भनेका सरल कुरामा अर्थका असिम तरेलीहरू खुल्छन् । ती अर्थ तरेलीले मेरो मनलाई विमोहित गर्छन् । मेरो हृदयलाई गहन सम्मोहनमा बेर्छ । मान्छेको आत्मालाई रूपान्तरण गर्ने ताकत बोधकथामा भेट्छु । सरल सपाट सूत्रकथामा मनका विरोधहरू मेट्न सक्ने सामथ्र्य पाउँछु । द्वन्द्वमा रुमालिएको मनलाई द्वन्द्वातित बनाउने पारवार क्षमता तिनका अभिव्यञ्जनाहरूमा भेटिन्छ । सरल शब्दावलीमा विराट कुराको दर्शन बुद्धपुरुषको देशनामा पाइन्छ ।

आज सिद्धार्थ गौतम बुद्धको जीवनको सानो घटना पढ्दापढ्दै मन रोमाञ्चित भएर उठ्यो । एक तन्नम गरिब मान्छे बुद्धसामु पुगेर सोध्छ –“म यस्तो गरिब हुनुको कारण के होला ?”

बुद्धले जवाफ दिन्छन् – “तिमीले अरुलाई दान नदिएको कारणले यस्तो गरिब भएका हौ । तिमीमा दानशीलताको अभाव छ । जो अरुलाई दान दिन कन्जुसी हुन्छ । त्यो अन्ततः गरिब हुन्छ । माग्ने भिखारी हुन्छ ।”

बुद्धका कुराले उसलाई रिस पनि उठ्छ । आश्चर्यचकित पनि हुन्छ । तत्काल बुद्धसित प्रतिवाद गर्छ –“मसित के छ र ? दान दिनु ? आफँै त तन्नम गरिब छु । अरुलाई दिन त केही चाहियो नि ! मसित दान दिन कहाँ धनसम्पत्ति छ र ? बुद्ध उसलाई सम्झाउँछन् – “तिमीसित दान गर्नको लागि त्यस्तो धनसम्पत्ति, पैसा, सुनचाँदी, लत्ताकपडा, अन्नपात केही पनि छैन, यो कुरा मान्छु । तर तिमीसित दान गर्न योग्य केही चिजहरू छन् । तिनलाई दान गर, तिमी धनी बन्छौ । दान गर्न थालेपछि गरिब रहँदैनौ ।”

उसले सोध्छ –“तपाई के कुरा गरिरहनु भएको छ ? मसित के त्यस्तो चिज छ जुन अरुलाई दान गर्न सकूँ ? मसित त केही पनि छैन ।”

बुद्ध भन्छन् – “पहिलो नम्बरमा तिम्रो मुखमा मुस्कान छ । त्यो मुस्कान आजसम्म लुकाएर राखेका छौ, त्यो मुस्कान आजसम्म कसैलाई बाँडेका छैनौँ । त्यो मुस्कान कसैलाई दिएका छैनौ । तिमीले आफ्नो अनुहारको मुस्कान अरुलाई बाँड्नु पर्छ मुस्कान देखाउनुपर्छ ।

दोस्रो नम्बरमा तिम्रो आँखाभित्र करुणाको भाव छ, दयाको भाव छ । प्रत्येक मानिसलाई, प्रत्येक पशुपन्छी प्राणीहरूलाई त्यो करुणा बाँड । करुणाका आँखाले संसारलाई चियाउने कोसिस गर । तिम्रा आँखामा यति ठूलो सम्पदा विराजमान छ । जुन सम्पदालाई बाँड्नुपर्छ । प्रेम र करुणाका नजरले अरुलाई हेर्न थाल, तिमी त्यसैदिनबाट धनी हुन थाल्छौ ।

तेस्रो नम्बरमा तिम्रो मुखबाट एक अनमोल प्रशंसा गर्न सक्छौ । शब्दबाट अरुको प्रंशसा गर्नु, गुणगान गाउनु पनि एक दिव्य दान हो । वाणीको दान हो । शब्दको दान हो । आजसम्म शब्ददान गर्न कन्जुसी गरिआयौ । अब अरुको कल्याणमा, हितमा प्रशंसामा वाणीको उपयोग गर । वाणीको वितरण गर । वाणी दान गर । आफूभित्रको वाणी सम्पदालाई सदुपयोग गर, तिमी बैभवशाली बन्न थाल्छौ ।

चौथो नम्बरमा तिम्रो मनले अरुको भलो सोच्न सक्छ, अरुको हित र उपकार सोच्न सक्छ । अरुको असल सोच्नु, परोपकार सोच्नु पनि मनसा दान हो । मन, वचन कर्मले दान गर्न सकिन्छ । तिम्रो मनमा अरुको भलाइ सोच्नु पनि दान भएकोले त्यो दानमा अहिलेसम्म चुकिरहेका छौ । अब तिमीले अरुको कल्याण सोचेर दानशील हुन सक्छौ ।

पाँचौ नम्बरमा तिमीसँग टाउको, हात, खुट्टा छन् । यसबाट तिमीले अरुलाई सम्मान दिनसक्छौ, अरुलाई सहयोग पु¥याउन सक्छौ । जहाँ तिम्रो हात, खुट्टा, पिठ्यूँको उपयोग गर्दा अरुलाई हित हुन्छ भने त्यहाँ तिमीले यी अंगहरुको उपयोग गर्नुपर्छ । हातहरूले सेवा दिन सकिन्छ । परोकार दिन सकिन्छ ।

बुद्धले पुनः त्यस गरिबलाई सोध्छन् – “के तिमीले ओठको मुस्कान कसैलाई दिएका छौ ?” गरिवले जवाफ दिन्छ–“छैन”, फेरि सोध्छन् – “आँखाको करुणाभाव अरुलाई दिएका छौ ? उसले जवाफ दिन्छ – “छैन” । फेरि बुद्ध सोध्छन् – “तिम्रा शब्दले अहिलेसम्म कसैको गुणगान गाएको छ?” ऊ भन्छ – “छैन” । फेरि बुद्ध सोध्छन् –“तिम्रो मनले अहिलेसम्म कसैके हित सोचेको छ?” पुनः ऊ भन्छ–“छैन” । अन्तिममा बुद्ध उसलाई सोध्छन् –“तिम्रा हातले अहिलेसम्मको अरुलाई सम्मान वा सेवा दिएको छ ?” ऊ भन्छ – “छैन ।” बुद्धले उसलाई सुझाव गरे– ‘तिमीसँग दान गर्न लायक चिजहरू हुँदाहुँदै पनि कञ्जुसीको कारणले गरिब भएका छौ । अब आजकै दिनबाट आफूभित्रको सम्पदा दान गर्न थाल । तिम्रो जीवनमा परिवर्तन आउँछ ।’

यी पाँच चिजले तिमीलाई गरिवबाट बैभवशाली बनाउँछन् । तिमीले यी चिजहरू अरुको निम्ति बाँड्न थाल्नुपर्छ । बुद्धले पुनः त्यस गरिबलाई सोध्छन् – “के तिमीले ओठको मुस्कान कसैलाई दिएका छौ ?” गरिवले जवाफ दिन्छ–“छैन”, फेरि सोध्छन् – “आँखाको करुणाभाव अरुलाई दिएका छौ ? उसले जवाफ दिन्छ – “छैन” । फेरि बुद्ध सोध्छन् – “तिम्रा शब्दले अहिलेसम्म कसैको गुणगान गाएको छ?” ऊ भन्छ – “छैन” । फेरि बुद्ध सोध्छन् –“तिम्रो मनले अहिलेसम्म कसैके हित सोचेको छ?” पुनः ऊ भन्छ–“छैन” । अन्तिममा बुद्ध उसलाई सोध्छन् –“तिम्रा हातले अहिलेसम्मको अरुलाई सम्मान वा सेवा दिएको छ ?” ऊ भन्छ – “छैन ।”

बुद्धले उसलाई सुझाव गरे– ‘तिमीसँग दान गर्न लायक चिजहरू हुँदाहुँदै पनि कञ्जुसीको कारणले गरिब भएका छौ । अब आजकै दिनबाट आफूभित्रको सम्पदा दान गर्न थाल । तिम्रो जीवनमा परिवर्तन आउँछ ।’ बुद्धसित एक अमूल्य ज्ञान लिएर त्यो मानिस त्यहाँबाट विदा लियो ।

आफूभित्र कुनै सम्पदा छैन भनेर विरक्तिएको मानिसलाई अनुपम खजानाहरूको भण्डार नै देखाइदिए । बडा सरल ढङ्गले सहज र व्यावहारिक ढङ्गले जीवनको बाटो देखाइदिए ।

यसैगरी केही समय अगाडि म विपश्वी बुद्धको विषयमा पढिरहेको थिएँ । गौतम बुद्धभन्दा हजारौँ साल अघि धर्तीमा अवतरण गरेका विपस्वी बुद्धको कथाले पनि मलाई भित्रबाटै छोयो । त्यस कथामा पनि दानशीलताकै सन्दर्भ उल्लेखित छन् । एक गरिब जोसँग केही छैन, उसमा आएको दानशीलताको भावले कसरी जीवन रूपान्तरण भयो भन्ने कुरा उल्लेख छ ।

विपस्वी बुद्धको समयको कुरा हो, विपस्वी बुद्ध पनि ठाउँठाउँमा धर्मदेशना गरी हिँड्थे । एकचोटि एउटा गाउँमा उनी धर्मदेशना गरिरहेका थिए । सारा गाउँका मानिस ज्ञानामृत चाख्न त्यहाँ जम्मा भएका थिए । त्यस गाउँमा एक गरिब बाहुन बाहुनी बस्थे । उनीहरू यति गरिब थिए कि लगाउनको लागि एउटै मात्र बस्त्र थियो । त्यो एउटा ओढ्ने बर्को लोग्ने स्वास्नी पालो पालो गरी ओढ्थे । लोग्ने घरबाट बाहिर निस्ँिकदा त्यो ओढ्ने ऊ आफू ओढेर हिँड्थ्यो । स्वास्नी घरमा नाङ्गै बस्थी । स्वास्नी घरबाहिर जानु परेमा स्वास्नी ओढ्ने ओढेर निस्किन्थी । लोग्ने घरमै बस्थ्यो । एवम् रितले समय बितिरहको थियो ।

यता विपस्वी बुद्धको प्रवचन दिनरात दुवै समय चलिरहेको थियो । गाउँका धनी गरिब सबै मानिस प्रवचन सुन्न जान्थे । बाहुनले आफ्नी श्रीमतीलाई सोध्यो – “तिमी प्रवचन सुन्न दिनमा जाने कि रातमा जाने ?” बाहुनीले भनिन् – “म दिनमा सुन्छु ।” अब रातको समयमा बाहुन लुगा ओढेर सुन्न गयो । दिनमा चाहिँ ऊ घरमै बस्थ्यो, उसकी पत्नी त्यही लुगा ओडेर धर्मदेशना सुन्न जान्थिन् ।

एकदिन बाहुनले विहारमा प्रवचन सुनिराखेको वखतमा पञ्चवर्ण प्रीति फैलियो । शरीरमा आफूले लगाइराखेको कपडा बुद्धदेवलाई चढाउने भाव आयो । यस्तो भाव आएपनि उसले तत्क्षण सम्झ्यो– ‘हामीसित त जम्मा जम्मी यही एउटा बर्काे छ । यो बुद्धलाई चढायो भने हामी दुवै नाङ्गो बन्छौँ । उनी पनि नाङ्गो हुन्छिन् । म पनि नाङ्गो बन्छु । अहिले त कम्तीमा दिनरात पालो पिलो गरी ओढेर हिँडेका छौँ, जसोतसो लाज बचाएका छौँ । यो कपडा चढाए पछि गाउँमा कसरी हिँडनु ?

उसको मनमा प्रश्नको भुँवरीहरू उठे । उसको मनमा रातभरि द्वन्द्व चल्यो । कपडा दिने कि नदिने भन्ने विषयमा विचारका आरोह अवरोहहरू चलिरहे, चलिरहे । आखिरमा मनको द्वन्द्वमा दिनुपर्छ, चढाउनुपर्छ भन्ने पक्षले जित्यो । उसले बुद्धदेवका अगाडि ओढेको एकमात्र बर्को पनि चढायो । देव्रे हातले गुप्ताङ्ग छोपेर दाहिने हातले कपडा अर्पण ग¥यो । बर्काे चढाएपछि एक हातले लाज छोपेर अर्काे हातले तिघ्रो ठटाउँदै कराउन थाल्यो –“जितँे ! जितेँ !! जितेँ !!! ठूलो गर्जना गर्दै ऊ त्यहाँबाट हिँड्यो ।

त्यसठाउँमा धर्मदेशना सुन्न राजामहाराजाहरू पनि आएका थिए । सर्वसाधारण जनदेखि मन्त्री भाइभारदारहरू समेत भेला भएका थिए । उसले जितेँ जितेँ भनेर तिघ्रो ठटाएर कुदेको दृश्य राजामहाराजाहरूले पनि देखे । उसका शब्दले राजाहरूको अहङ्कारमा ठेस पुग्यो । उनीहरूको मनमा कुरा खेल्यो– ‘यो नाथेले के जितेको छ र ? यो नाङ्गो केही नहुने भिखमंगा विनावित्थामा जितेको घोषणा गर्छ ? त्यसमा पनि हाम्रा आँखै अगाडि तिघ्रो ठटाइ हिँड्छ ।’

उनीहरू कुतूहलवश सोध्छन्– ‘ओई ! बाहुन तिमीले केलाई जित्यौ ? खुब खुशी भएर तिघ्रो पट्कायौ त ?’

उसले शालीन भावमा जवाफ दिन्छ– ‘मान्छेहरू हात्तीघोडामा चढेर ठूलठूला शत्रुहरूलाई जित्छन् । तर मैले चाहिँ पछाडिबाट आएको लोभरुपी गोरुलाई लठ्ठीले हिर्काएर लघारेँ । गोरुले मलाई बशमा पार्न अनेकन चोटी कोसिस ग¥यो । अन्तमा त्यस गोरुलाई मैले जितेरै छोडेँ ।’

उसको कुराले राजाहरूको मनमा पश्चाताप भयो । हाम्रो त्यत्रो श्रीसम्पत्ति छ र पनि हामीले बुद्धदेवलाई केही दिन सकेनौ । केही चढाउन सकेनौ । यो गरिब बाहुनले चाहिँ आफूसित भएको एक मात्र बर्काे पनि चढाइसक्यो ।

राजाको मनमा बाहुनप्रति करुणाको भाव जाग्यो । विचरा बाहुन नाङ्गै भयो । आफ्नो गुप्ताङ्ग पनि हातले छोपेर घरतिर लाग्यो । अब यिनलाई एकजोर कपडा दिनुपर्छ भन्ने भाव आयो । सिपाहीलाई भनेर एकजोर कपडा पठाइदिए । बाहुनले कपडा पाएपछि उसको मनमा यस्तो सोच आयो– आखिर यो बुद्धदेवको गुणकै कारणले त पाएको हुँ । मैले लाउनु भन्दा बुद्धलाई नै चढाउनु जाति हुन्छ । यस्तो सोचेर उसले त्यो कपडा पनि बुद्धलाई चढायो । उसको दानशीलता देखेर पुनः उसलाई दुई जोर कपडा दिइयो । त्यसलाई पनि बुद्ध सामु चढायो । फेरि अरु चारजोर कपडा दिए । त्यो पनि चढायो । एवम् रितले उसलाई कपडा दिइदै गइयो । ऊ चढाउँदै गयो । अन्तमा राजाले उसलाई बत्तीस जोर कपडा दिए । त्यसपछि बाहुनले सोच्यो– ‘यो त भाउ बढाउँदै बस्तु लिने व्यापारीको जस्तो काइदा भयो । अब यसरी हुन्न ।’

उसले निर्णय गर्यो कि एकजोर कपडा पत्नीलाई राख्यो । अर्काे जोर कपडा आफूलाई राख्यो । बाँकी कपडा दान गरिदियो । दानशीलताको भाव आउने वित्तिकै गरिब बाहुन समृद्धितिर यात्रा गर्न थाल्छ । बाहिरी समृद्धि त्यतिखेर फलित हुन्छ, जब अन्तरमा मानसिक समृद्धिको फूल फुल्दछ । मनको धनी बने पछि तनको धनी, वनको धनी, धनको धनी बन्ने बाटो खुला हुन्छ ।

यस सूुत्रकथामा बाहुनले लालचालाई जित्न नसकी थोत्रो बर्काे नै च्यापिराखेको भए, ऊ बर्काे मै सिमीत हुन्थ्यो । त्यो बर्काे फाल्न आँट गरेको कारण अनेकौँ जोर कपडा उसलाई उपहार मिल्यो । फेरि राजाबाट कपडा पाए पछि आवश्यकताभन्दा वढि थुपार्ने लोभ गरेन । आफूलाई चाहिने मात्र राख्यो । वाँकी बुद्धसामु नै चढायो । बाहुनमा सम्यक दृष्टि घटित भैसकेको थियो ।

आफूसित भएको सम्पदा अरुलाई दिन लोभ गर्ने मानिस अन्ततः गरिब भएरै मर्छ । कन्जुस मानिस भिखारीको भिखारी नै भएर संसारबाट विदा लिन्छ भन्ने एक उपकथा रविन्द्रनाथ ठाकुरको काव्यमा भेटेको छु । गिताञ्जली नामको चर्चित काव्य जसले साहित्य तर्फको नोबेल पुरस्कार पनि पाएको छ । त्यस काव्यमा एक भिखारी छ, जो दिनभर भिख मागेरै जीवन गुजारा गरेको छ । अरुसित याचना गर्नु, हात पसार्नुभन्दा अर्काे कर्म अरु कुनै जानेको छैन ।

गोधूली बेलामा आफ्नो झोपडीमा फर्किदै गर्दा उसको सामुन्नेमा एक स्वर्णरथ आएर टक्क थामिन्छ । आँखा नै तिर्मिराउने गरी स्वर्णिम किरणहरू छारिएका छन् । उसको हृदयमा आशाको उदय हुन्छ– अब मेरो जीवनका दूर्दीनहरू समाप्त भए क्यारे । साक्षात् इश्वारले मलाई दर्शन दिँदैछन् । मलाई केही दिनको लागि भगवान मेरो समिप आएका छन् । अब म भिखारी रहन्न । अब म तन्नम गरिब रहन्न । उसको मनमा अनेकन सपनाहरू फुल्दछन् । कल्पनाहरू खेल्दछन् ।

जीवनभर अरुको आशामा बाँचेको त्यो अकिञ्चनले प्राणीले अरुबाट पाउने र लिने भन्दा अरु केही कुरा सोच्न सक्तैनन् । उसलाई एउटै कुरामा भरोसा हुन्छ– इश्वरले आज मलाई केही दिन्छन् । मलाई इश्वर दिनकै लागि आएका हुन् । हृदयमा एक गहिरो विश्वास बोक्छ । तर विडम्वना ! इश्वर रथबाट उत्रेर भिखारी सामु भिखमँगा बन्छन् । केही दिनुको साटो उल्टै भिखारी सामु हात थाप्छन् । विचरा भिखारी साह्रै अप्ठ्यारोमा पर्छ । जीवनमा उसले यस प्रकारको अप्ठ्यारो सामना गर्नु परेको थिएन । जीवनमा उसको सामु कसैले कहिल्यै पनि हात पसारेर केही मागेका थिएनन् । आज स्वयम् भगवान् ऊसित केही मागिरहेको छन् । फेरि ऊ अरुसित लिन बानी परेको मान्छे । उसको संस्कारमा अरुलाई पनि दिनुपर्छ भन्ने कुरै थिएन । ऊ साह्रै अरगज्ज प¥यो । उसले सोच्तै नसोचेको कुरा थियो त्यो । केही दिनका लागि आए भनेको इश्वर उल्टै हात पसारेर मागिरहेका छन् । निकैबेर त केही नदिएरै टा¥यो । तर उनले छाड्दै नछाडे पछि थैला भित्र दुईटा औला घुसारेर दुईटा नङले कन्चुसीका साथ चामल चिमोटेर निकाल्यो अनि इश्वरका हातमा राखिदियो ।

इश्वर आफूले मागेको चिज पाएपछि रथ चढेर अन्र्तध्यान भए । ऊ आफ्नो झुपडीमा पुग्छ । थैलाको चामल खन्याएर केलाउन थाल्छ । दुईटा कनिका बराबरका चामलका दाना सुन बनेर टलटली टल्किरहेको देख्छ अर्थात् उसले जति चामल चिमोटेर इश्वरको हातमा दिएको थियो त्यति नै सुन बनेको हुन्छ । यो घटनाले उसको मनमा अपार पश्चातापको अग्नि धुवाँउछ । उसको मनमा कल्पना खेल्दछ– भगवानको हातमा थैलो नै समर्पण गरेको भए त थैलाभरिको चामल सवै सुन हुने रहेछ । त्यो भएन दुईचार मुठी, दुईचार अँजुलीसम्म दान गरेको भएपनि मेरो दुःख सकिने रहेछ । तर पछुतो मानेर के गर्नु ? अमिर बन्ने त्यो समय घड्किसकेको थियो । जसको फल जीवनभर भोगिरहनु पर्ने भयो । आउन त इश्वर उसलाई कुबेर बनाउदै आएका थिए, सम्राट बनाउनै आएका थिए तर उसकै कन्जुसीले बाटो छेकिदियो । आफ्नो भाग्यमा आफैँले बञ्चरो हान्यो ।

विपस्वी बुद्धदेखि रविन्द्रनाथसम्मका यी कथाले दानशीलताको भावलाई परिपोषण गर्दछ । लिन मात्र जान्ने, दिन नजान्ने मान्छे अन्तत भिखारी नै हो । मान्छे सम्पत्तिले सम्राट बन्ने होइन । अरुलाई केही दिने चेतनाले सम्राट बन्ने हो । मनको समृद्धिले मानिस धनी हुने हो । धेरै धनसम्पत्ति थुपारेर पनि महागरिब चित्तदशामा बाँचेको थुप्रै मनुवाहरू हामीले देखेका छौँ ।

आखिर प्रकृतिमा पनि लेनादेनाकै अनवरत खेल चलिरहेको छ । वायूमण्डलबाट एक स्वास लिन्छौँ । तुरुन्तै अर्काे स्वास वायुमण्डललाई नै फिर्ता गर्छाँै । जति स्वास लिन्छौँ, त्यति नै स्वास फिर्ता गर्नुपर्ने सुव्यवस्था छ हाम्रो जीवनमा, हाम्रो प्रकृतिमा । तर प्राकृतिक सत्यलाई उल्लंघन गर्नमा हामी अग्रसर छौँ । अस्तित्वको निसर्ग लयलाई विथोल्न हामी तत्पर छौँ । अस्तित्वमा लेनदेनाको खेल बराबरीको हिसावमा चलिरहेको हुन्छ । त्यसले प्रकृतिको आयव्ययलाई बराबरी बनाइरहेको हुन्छ ।

आखिर प्रकृतिमा पनि लेनादेनाकै अनवरत खेल चलिरहेको छ । वायूमण्डलबाट एक स्वास लिन्छौँ । तुरुन्तै अर्काे स्वास वायुमण्डललाई नै फिर्ता गर्छाँै । जति स्वास लिन्छौँ, त्यति नै स्वास फिर्ता गर्नुपर्ने सुव्यवस्था छ हाम्रो जीवनमा, हाम्रो प्रकृतिमा । तर प्राकृतिक सत्यलाई उल्लंघन गर्नमा हामी अग्रसर छौँ । अस्तित्वको निसर्ग लयलाई विथोल्न हामी तत्पर छौँ । अस्तित्वमा लेनदेनाको खेल बराबरीको हिसावमा चलिरहेको हुन्छ । त्यसले प्रकृतिको आयव्ययलाई बराबरी बनाइरहेको हुन्छ ।

म घर अगाडिको पूर्वेली दाइको भैँसीलाई हेर्छु । जुन दिन उसले धेरै मात्रामा कुँडा,े खोले र मिठो मिठो घाँस खान पाउँछ, त्यो दिन धेरै दूध दिन्छ । जुन दिन कुँडो खोलेको कमी हुन्छ त्यो दिन दूध पनि कम झर्छ । यसरी लेनादेनाको हिसाव भैँसीको हकमा पनि बराबरी कै अनुपातमा चलिरहेको हुन्छ । बाली विरुवाकै कुरा गर्दा पनि त्यसको जरामा जति मलजल दियो, त्यसै अनुपातमा उसले उब्जनी हामीलाई फिर्ता गर्दछ ।

दिनमा कञ्जुस लिनमा महारथ प्राप्त गर्ने मानिस अन्ततः गिताञ्जलीको भिखारी नियतिमा खुम्चिनु पर्दछ । आन्तरिक सम्पदा भन्ने चिज धेरै ठूलो कुरा रहेछ । भित्री मनको विपुलता र व्यापकताले मानिस अमिरी दिशामा आरोहण गर्दाे रहेछ । आन्तरिक तलको समृद्धिमा पहुँचिने उपायहरू कवि/ऋषि/फकिरगाथाहरूले र बुद्धपुरुषहरूले नित्य निरन्तर परापूर्व कालदेखि नै बताई आएका छन् । तर तिनका शिक्षा ठिकठिक तवरले लिन, आत्मसात गर्न र व्यवहारमा उतार्न हामी हमेशा चुकिरहेका छौँ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको