२ कार्तिक २०७८, मंगलवार

स्थायी कमिटीबाट एमाले विधान संशोधन प्रस्ताव पारित




२५ साउन,, काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटीले विधान संशोधन प्रस्ताव पारित गरेको छ । यसअघिको प्रस्तावमा केही विषयहरु थपघट गरेर पारित भएको प्रस्ताव अब केन्द्रीय कमिटीमा पठाइएको हो ।

स्थायी कमिटी बैठकपछि उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्तावमाथि अब केन्द्रीय कमिटीमा छलफल हुने बताए । उनका अनुसार, केन्द्रीय कमिटी बैठक आजै दिउँसो ३ बजे बस्नेछ । एमालेले भदौ २७ र २८ गतेको लागि विधान महाधिवेशन तोकेको छ । तर, एमालेकै नेपाल समूहले यसखाले गतिविधि रोकेर पार्टी एकतामा केन्द्रित हुन आग्रह गरिरहेको छ ।

एमालेको संस्थापन पक्षको बैठकमा माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको