३ कार्तिक २०७८, बुधबार

कर्णालीका एमाले नेताहरुले अध्यक्ष ओलीलाई भेटे, एकताको अन्यौल लामो समयसम्म नराख्न सुझाव




२५, साउन, काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्लाका अध्यक्षहरु पार्टी एकतामा देखिएको अन्यौल चिर्नुपर्नेमा एकमत भएका छन् ।

उनीहरुले पार्टी एकतामा अन्यौल लामो समयसम्म कायम नराख्न भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

ओली निवासमा भएको भेटका क्रममा अध्यक्ष ओलीले अब छिट्टै अन्यौल च्यातिने बताएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

उनकाअनुसार नेकपा एमाले कुनै व्यक्ति विशेषका निम्ति गठन भएको पार्टी हैन भन्दै अध्यक्ष ओलीले जो आन्दोलनमा जनताका निम्ति जोडिन्छन् त्यो नै नेता भएको बताए । आन्दोलनलाई धोका दिनेहरु आफैँ सिद्धिने समेत ओलीले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको