२ कार्तिक २०७८, मंगलवार

रामचन्द्र पक्षको भेलामा ठमेलमा शुरू, ४७ जिल्लाका सभापति सहभागी भएकाे दाबी




२५ साउन , काठमाडौं । नीति बनाउन रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएकाे दाबी गरेका छन् ।

काठमाडौंको ठमेलमा जारी जिल्ला सभापति भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको बताइएको छ ।

नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै छ । पार्टीको १४ औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको काठमाडौँका जिल्ला सभापति सबुज बानियाँले रातोपाटीलाई जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको