जुम्लाका सिडिओ थापासहित महत्त्वपूर्ण व्यक्तिहरूलाई काेराेना सङ्क्रमण
२० भाद्र, काठमाडौं । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई भदाै १८ गते काेराेना सङ्क्रमण भएकाे पुष्टि भएकाे छ । परिक्षणका लागि स्वाव दिएका प्रमुख जिल्ला अधिकारी थापाको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।
थापाले आफ्नाे फेसबुकमार्फत् “जनताको जिवनको सुरक्षा गर्ने क्रममा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दारी बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्वमा अहोरात्र खटिँदा आज म पनि कोरोनाबाट संक्रमित हुन पुगेको छु।” भनी जानकारी दिएका छन् ।
थापा अहिलेबाट आईसोलेशनमा बसिसकेका छन् । उनले कार्यालयसँग सम्वन्धित काममा सहायक प्रजिअको मोबाइल नं ९८५८३२०३८० सम्पर्क गर्न हुन अनुरोध गर्दै आफू छिट्टै जनताको सेवामा फर्किने आशा व्यक्त गरेका छन् । जनतालाई सुरक्षित रूपमा बस्न समेत प्रजिअ थापाले अनुराेध गरेका छन् । आफू काेरानासँग लडिरहँदा समेत जनताको स्वास्थ्य अवस्थाका बारेमा चासाे र चिन्ता लिने कुरा निकै सकारात्मक कुरा हाे ।
त्यस्तै कर्णाली प्रदेशका बाैद्धिक व्यक्तित्व डा. कलबहादुर राेकायाले जुम्ला जिल्लाका नेकपाका युवा नेता जीवन बुढथापा, उद्योग बाणिज्य संघका अध्यक्ष रजभ अलिमनियार, महिला अधिकारकर्मी भगवती श्रेष्ठ, हातेमालाे सेवा समाजका निर्देशक टेक रावत र अधिवक्ता डिल्लीबहादुर महतलाई काेराेना सङ्क्रमण भएकाे कुरा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।