३१ आश्विन २०७८, आईतवार

आज एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै



२५ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार तुलसीलाल स्मृति भवनमा सोमबार बिहान ११ बजे स्थायी कमिटी र अपरान्ह ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।

दशौं महाधिवेशन गर्न आवश्यक तयारीका लागि भन्दै एमालेले बैठक बोलाएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भिन्नाभिन्नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरिरहेका छन् । गत साउन ३ मा माधव नेपालसहित उनीपक्षीय २२ सांसदले प्रधानमन्त्री शेरवहादुर देउलाई विश्वासको मत दिएपछि लामो समयदेखि चलिरहेको विवाद उत्कर्षमा पुगेको थियो ।

दुबैतर्फका नेताहरूले आन्तरिक एकताको पहल भइरहेको बताए पनि ठोस सहमति हुन सकेको छैन । यसअघि कार्यदलबीच भएको १० बुँदे सहमतिमा नेता नेपालले स्वीकार गरिसकेका छैनन् । तर उक्त सहमति एकताको आधार भएको भने नेपाल पक्षको केन्द्रीय कमिटीले निष्कर्ष निकालेको थियो ।

अध्यक्ष ओली र नेता नेपालालाई भेटवार्ता गराउन एमाले नेताहरू लागिपरे पनि हालसम्म भेटवार्ता भएको छैन । पार्टी एकताको विकल्प छैन भनिएपनि दुबै पक्षले आ–आफ्नो ढङ्गले संगठन विस्तार र राजनीतिक गतिविधी अगाडी बढाइरहेको अवस्थामा पार्टी एकता प्रक्रृया झन पेचिलो बन्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको