५ कार्तिक २०७८, शुक्रबार

बार्सिलोना छोड्दा पत्रकार सम्मेलनमै भक्कानिए मेस्सी



२४ साउन, काठमाडौं । विश्वविश्ख्यात फुटबलर लियोनल मेस्सीले अन्ततः रुँदै बार्सिलोना छोडेका छन् । दुई दशक भन्दा बढि व्यावसायिक फुटबल खेलेको क्लब छाड्नुअघि आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा मेस्सी भक्कानिदै रोएका हुन् ।

मेस्सी भावविव्हल भएपछि उपस्थित पत्रकार र समर्थकहरूले पनि आँशु थाम्न सकेनन् । अहिले उनी रोएको भिडियो र तस्बिरहरू विभिन्न सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

बिदाई पत्रकार सम्मेलनमा गहभरी आँसुपार्दै मेस्सीले आफुले नचाहँदा नचाहँदै बार्सिलोना छोड्नुपरेको बताए । उनले भने, ‘म यस क्लवलाई छाड्न चाहँदैन थिए, यस क्लवलाई म धेरै माया गर्थे । मैले यो पलको आशा गरेकै थिएन । गत वर्ष क्लव छाड्न चाहन्थे । यस वर्ष म बस्न चाहन्छु, त्यसैले दुखी छु ।’

क्याटलन क्लवको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँगको सम्झौता नविकरण गर्न असफल भएका थिए । ला लिगाको वित्तिय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग सम्झौता नविरकण गर्न नसकिएको बार्सिलोनाले जानकारी दिएको थियो ।

३४ वर्षीय स्टार फुटबलर मेस्सीले जुनियर टिम हुँदै सन २००४ मा बार्सिलोनाको सिनियर टिमबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । बार्सिलोना छोडेपनि मेस्सीले क्लवका लागि गरेको किर्तिमानी गोल र उपाधीको रेकर्ड तोड्न भने अन्य जोकोही खेलाडीका लागि निकै कठिन हुनेछ । ६ पटक बालोन डिओर विजेता मेस्सीले ७ सय ७८ खेलमा बार्सिलोनाका लागि ६ सय ७२ गोल गरेका छन् । मेस्सीले बार्सिलोनालाई १० ला लिगा उपाधी र ४ च्याम्पीयन्स लिगको उपाधि जिताएका छन् ।

मेस्सी दुर्लभ क्षमता भएका सफल खेलाडी मात्र होइनन् असल र इमान्दार मान्छे पनि हुन् भन्ने उनले मैदानमा देखाउने व्यवहारले प्रमाणीत गर्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको