२ कार्तिक २०७८, मंगलवार

एमाले सचिव योगेश भट्टराईलाई मातृशोक, वरिष्ठ नेता नेपालद्वारा समवेदना व्यक्त



२४ साउन, काठमाडौं । नेकपा (एमाले)का सचिव एवम् पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ। उनकी ९५ वर्षीया आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौंमा निधन भएको हो।

एमाले सचिव योगेश भट्टराई र नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटी उपाध्यक्ष मातृका भट्टराईकी आमा महेन्द्रादेवीको आइतबार विहान ८ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

पार्टी सचिव भट्टराईकी ममतामयी आमाप्रति नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पशुपति आर्यघाटमै पुगी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् । मृतक भट्टराईप्रति पार्टीका जिम्मेवार नेता, कार्यकर्ता, शुभेच्छुक तथा आफन्तहरूले पशुपति आर्यघाटमा गई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको