२ कार्तिक २०७८, मंगलवार

अपराधिक गिरोहलाई छाडिन्नः उपकुलपति सिंह




२४ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले अपराधिक गिरोहलाई नछाड्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै प्रा.डा. सिंहले आफ्ना बिरुद्ध अपवाह फैलाउने अपराधिक गिरोहलाई नछाड्ने बताएका हुन् ।

आफ्ना बिरुद्ध अपवाह फैलाउने अपराधिक गिरोह बिरुद्ध साइवर अपराधको मुद्धा दर्ता गरिएको प्रा.डा.सिंहले बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्ने विरुद्ध साइबर अपराधको मुद्दा दर्ता गरिएको उपकुलपति सिंहले जनाए । ‘विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर निकालिए विज्ञप्ती बिरुद्ध साइवर अपराधको मुद्धा दर्ता गरिएको छ ।’
आफ्नो व्यक्तिगत र संस्थागत जीवनप्रति लक्षित गर्दै श्रृंखलाबद्ध रुपमा आक्रमण हुँदा प्रहरी र जिल्ला प्रशासन कार्यालयले आफुलाई सुरक्षा दिन नसकेको गुनासो सिंहले गरे । ‘मेरो निजी आवासमा आक्रमण हुँदा समेत सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयले कुनै चासो दिएन् ।’ उनले भने,‘साउन १३ गते उपकुलपतिको निजी निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड एवं साउन २३ गते सामाजिक सञ्जालमार्फत मेरो मृत्यु भएको सम्म विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन अधिकृतको हस्ताक्षर समेत दुरुपयोग गरी सुनियोजित तरिकाले गरिएको अत्यन्तै निन्दनीय अपराधिक र अक्षम्य कार्यको विश्वविद्यालय परिवार घोर निन्दा र भत्सना गर्दछ ।’

विश्वविद्यालयलाई राम्रो बनाउन खोज्दा आफुमाथि श्रृखलाबद्ध आक्रमण भएको प्रा.डा. सिंहले बताए । ‘म उपकुलपति भएर आएको १ वर्ष चार महिना भयो । ममाथि निरन्तर आक्रमण भइरहेको छ ।’ उनले भने,‘श्रृखलाबद्ध आक्रमण भइरहेको छ । यो विश्वविद्यालय सुधार गर्दा भएको छ ।’

‘साउन २३ गते सामाजिक सञ्जालमार्फत मेरो मृत्यु भएको सम्म विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन अधिकृतको हस्ताक्षर समेत दुरुपयोग गरी सुनियोजित तरिकाले गरिएको अत्यन्तै निन्दनीय अपराधिक र अक्षम्य कार्यको विश्वविद्यालय परिवार घोर निन्दा र भर्त्सना गर्दछ’, उनले भने, ‘यस्ता खालका अपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानीनी दायरामा ल्याई कडा सजाय दिन सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौं । साथै यस्ता प्रकृतिका घटनाहरूबाट विश्वविद्यालयका सम्पूर्ण निकाय एवं सरोकारवाला पक्षहरू समेत सचेत हुँदै विश्वविद्यालयका गतिविधिहरू नियमित रूपमा बढाउन अनुरोध गर्दछौं ।’

उनले परीक्षा व्यवस्थापन कार्यालय र उपकुलपतिको कार्यालयबाट साइबर अपराधअन्तर्गत मुद्दा दर्ता गर्नेसमेत जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको