५ कार्तिक २०७८, शुक्रबार

अमेरिकाबाट नेपाल आएर भ्वोइसको ट्रफी उचाले किरणले



२४ साउन, काठमाडौं । टिम प्रमोदको प्रतिनिधित्व गर्दै फाइनलमा पुगेका किरण गजमेर भ्वोइस अफ नेपाल सिजन–३ को विजेता बन्न सफल भएका छन् । अमेरिकाबाट स्वर र सुरको प्रतिस्पर्धामा भाग लिन नेपाल आएका किरण अन्ततः भ्वोइसको ट्रफी उचाल्न सफल भएका हुन् ।

भ्वोइसको उपाधीसँगै किरण २५ लाख नगद पुरस्कार हात पारेका छन् । त्यस्तै भ्वोइस अफ नेपाल सिजन–३ को उपविजेता तारा श्रीस मगर बनेकी छिन् । टिम राजुको प्रतिनिधित्व गर्दै उत्कृष्ट ४ मा पुगेकी तारा भ्वोइस अफ नेपालको इतिहासमै फाइलमा पुग्ने पहिलो महिला प्रतिस्पर्धी हुन् । त्यस्तै टिम दिपको प्रतिनिधित्व गर्दै फाइनलमा पुगेको दार्जिलिङका आर्यन तामाङले भ्वोइस अफ नेपाल सिजन–३ मा तृतिय स्थान हासिल गरेका छन् । त्यस्तै टिम तृष्णाबाट फाइनलमा पुगेका ज्वाला राईले चौंथो स्थान ओगटेका छन् ।

नेपालमा भुटानी शरणार्थी शिविरमा हुर्केका किरण अहिले सपरिवार अमेरिकामा बसोबास गर्छन् । तर नेपाली भाषा, कला र संस्कृतिप्रति उनको निकै ठूलो सम्मान र अगाध स्नेह छ भन्ने हामी उनका प्रस्तुतीबाटै अनुभुति गर्न सक्छौं ।

उनी गाएका मात्रै होइन आफैमा कुशल संगीतकार र रचनाकार समेत हुन् । उनले यसअघि गाएको ‘पूर्णीमाको चन्द्रमालाई’ गीत १४ वर्षकै कलिलो उमेरमा संगित भरेका थिए । भ्वाइसको ब्लाइण्ड राउण्डमा नै किरणले ‘तिनपाते’ गीतमा उत्कृष्ट प्रस्तुति दिएर चारवटै निर्णायकको मन जितेका थिए । त्यसपश्चात किरणले समिक्लासिकल, पप, सफ्ट रकलगायत विभिन्न विधाका गीतहरू गाएर आफुलाई बहुप्रतिभाशाली गाएक सावित गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको