कोरोना अपडेटः २४ घण्टामा ३२१८ जना संक्रमित, १९ जनाको मृत्यु
२३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ सय २२ जना संक्रमित निको भएर घर फर्कि सकेका छन् भने संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
त्यस्तै सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।