२ कार्तिक २०७८, मंगलवार

ओलम्पिकमा चीन र अमेरिकाको अन्तिम टक्करः चीन २ स्वर्ण पदकले मात्र अगाडि



२३ साउन, टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा शक्तिशाली राष्ट्रहरू चीन र अमेरिका बीच अन्तिम टक्कर चलिरहेको छ । चीनले ३८ स्वर्ण, ३१ रजत र १८ कास्य गरी ८७ पदकसहित अग्रस्थान कायम नै राखेको छ ।

त्यस्तै अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्य पदक सहित १०८ पदक सहित चीनसँग प्रतिस्प्रर्धा गरिरहेको छ । कुल पदक सख्यामा अमेरिका २१ पदकले अगि भएता पनि स्वर्ण पदक संख्यामा भने अमेरिकाभन्दा चीन २ पदकले अगि छ ।

आयोजक राष्ट्र जापान २७ स्वर्ण, १२ रजत र १७ कास्य पदकसहित ५६ पदक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । त्यस्तै रसिया २० स्वर्ण, २६ रजत, २३ कास्यसहित चौथो र बेलायत २० स्वर्ण, २१ रजत र २२ कास्य पदकसहित पाचौं स्थानमा रहेका छन् । ओलम्पिक गेम्स भोली आइतबारसम्म चल्नेछ ।न् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको