२ कार्तिक २०७८, मंगलवार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको मृत्यु भनी घृणित कार्य गर्नेको सर्वत्र निन्दा



२३ साउन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको मृत्यु भनी गरिएको घृणित र अपराधिक कार्य गर्नेको सर्वत्र निन्दा तथा भ्रत्सना गरिएको छ ।

विश्वविद्यालयको लेटरप्याड र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षरको दुरुपयोग गरी सामाजिक सञ्जालमा उपकुलपति सिंहको मृत्यु भएको भनी अत्यन्तै घृणित एवम् अमानविय कार्य गरिएको हो ।

यस खालको अपराधिक कार्य गर्ने समुहको पहिचान गरी विश्वविद्यालय विरोधी गतिविधि गर्ने छुट कसैलाई नदिन वार्ता टोलीका सदस्य उप–प्राध्यापक विष्णुकुमार खड्काले अपिल गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति सिंहले भ्रष्टाचार र गलत क्रियाकलापका विरुद्ध कडा कदम चालेकाले केहि अपराधिक मानसिकता भएका मानिसहरूले उनलाई अनेक तवरबाट अप्ठ्यारो पार्न खोजेका छन् ।

केहि समय अगाडि केहि उत्श्रृखल विद्यार्थीहरूले भुस्याहा कुकुरको शरीरमा उपकुलपति सिंहको फोटाहरू टासेर अभद्र ढंगले विरोध प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको