२ कार्तिक २०७८, मंगलवार

ऐतिहासिक दैलेख दुल्लुको किर्तिखम्ब गाईगोरु र बाख्रा बाँध्ने थलो बन्दै




२३ साउन, सुर्खेत । दैलेखको दुल्लु नगरपालिकामा रहेको ऐतिहासिक नेपाली भाषाको पहिलो शिलालेख किर्तिखम्ब (किर्तिस्तम्भ) गाई गोरु बाध्ने काममा प्रयोग हुँदै आएको छ । नेपाली भाषीहरुको ऐतिहासिक शिलालेख रहेको किर्तिस्तभ गाई गोरु बाध्ने थलो बन्न थालेको छ ।

दुल्लुबासीको मात्र नभएर नेपाली भाषीहरुको एक गहना रुपमा रहेको किर्तिस्तभमा गाइ गोरु बाध्ने थलो बन्नुमा उचित संरक्षणको समस्या रहेको स्थानीय तिर्थ सुनारले बताए । ‘यसको संरक्षणको लागी लाखौँ रकम पनि खर्च भयो तर त्यो बालुवाको पानी भयो ।’ उनले भने,‘कसैले त्यसको महत्व बुझ्न सकेनन भने कसैले त्यसको संरक्षण गर्न पनि सकेनन् ।’

स्थानीय नागरिकहरुले संरक्षणमा ध्यान दिन नसक्दा समस्या भएको स्थानीयहरुले बताउने गरेका छन् ।

यसभन्दा अगाडी दुल्लु नगरपालिका र केही अभियान्ताहरुबाट किर्तिस्तभको साधारण घेरबार भएको थियो । अहिले उक्त किर्तिखम्ब परिसरमा अहिले पानी पर्दाको समयमा बाख्रा बाँध्ने गोरु बााँध्नेदेखि वरिपरिको रेलिंगमा कपडा सुकाउने काम भइरहेको स्थानीयले जानकारी दिए ।

‘किर्तिखम्ब परिसरका नेपाली भाषाका लिपि भएका खम्बाहरु गाइ गोरु र बाख्राका लागी ठोकिएका किला हुन खम्बा हुन ?’ एक स्थानीयले भने,‘सडक र बजारक्षेत्रसँगै रहेको किर्तिखम्ब अहिले फोहोर र कुरुप मात्र भइरहेको छैन कि गाइ गोरु र बाख्राले भरिदाँसम्म पनि सम्बन्धित निकाय मौन छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको