५ कार्तिक २०७८, शुक्रबार

कक्षा १२ को परीक्षा स्थगित



२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो । बढ्दै गएको कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।

स्थगित परीक्षा पुन‍ः सञ्चालन गर्नुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको