५ कार्तिक २०७८, शुक्रबार

१९ वटा नेवा : संस्थाहरूद्वारा भोजभतेर नगर्न अपिल



२० भदौ, काठमाडौं । नेवार समुदायसँग सम्बन्धित जातीय संस्थाहरूले रातो मत्स्येन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या अर्थात् भोजभतेर नगर्न अपील गरेको छन् ।

नेपाल भाषा मंका खलः लगायत १९ वटा जातीय खलः पुचःले संयुक्त वक्तव्य जारी गर्दै कोरोनाको जोखिम भएकाले यस वर्ष आफन्त, नातेदारहरूलाई भोजभतेरमा नबोलाउन र नजान अपिल गरेका हुन् । नेवारी नखःत्या भनेको भोजमा बोलाउने रन नखःत्या भनेको अरूको घरमा भोज खान जाने भन्ने अर्थ हुन्छ ।

कोरोना महामारीका कारण यस पटक रातो मत्स्येन्द्रनाथको रथयात्रा प्रभावित भएको छ । रथारोहण गरेको लामो समयसम्म रथयात्रा हुन नसकेपछि बिहीबार स्थानीयले स्वस्फूर्त रूपमा तान्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले रोक्दा स्थानीय समुदाय र प्रहरीबीच ठुलो झडप भएको थियो ।

जिल्ला प्रशासन कार्यालयका निर्देशन विपरित रथारोहण गर्दा ठुलो भिडन्त भएपछि रथयात्रालाई औपचारिकता मात्र दिइने छ । सामान्य अवस्थामा भए रथलाई गवाहलमा पुर्याउनु पर्ने हो । भोली छोइलाबू गर्ने भनिएको छ । अब रथलाई थोरै तानेर औपचारिकता मात्र दिइनेछ ।

यो बेलामा पाटनबासीले आफन्तलाई घरमा बोलाउने र भोज गर्ने गर्छन्, जसलाई नखःत्या भन्ने गरिन्छ । साथै जातीय खलः पुचःहरूले झडपको विषयलाई लिएर प्रहरीले घरघरमा गएर स्थानीयवासीहरू पक्राउ गरेकोमा विरोध जनाएका छन् । त्यसलाई रोक्न र पक्राउ गरेकाहरूलाई रिहा गर्न माग समेत गरेका छन् ।

संयुक्त विज्ञप्ति :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको