३१ आश्विन २०७८, आईतवार

मेस्सीलाई कतारको क्लवले दियो १ खर्व ४० अर्बको अफर



२३ साउन, काठमाडौं । फुटबल जीवनको अधिकाँश समय बार्सिलोनामै बिताएका विश्वविख्यात फुटबलर लियोनल मेस्सीले भर्खरै बार्सिलोना छोडेका छन् । दर्जनौँ किर्तिमानी र उपाधी दिलाएका अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीलाई कतारको एउटा फुटबल क्लवले लगभग १ खर्ब ४० अर्बमा अनुबन्ध गर्न प्रस्ताव गरेको छ ।

कतारको अल–साद फुटबल क्लवले मेस्सीलाई ३ वर्षको करार वापत १ बिलियन युरो दिन तयार रहेको जानकारी दिएको हो । अल–सादको म्यानेजर बार्सिलोनाकै दिग्गज खेलाडी एवम्म् मेस्सीका घनिष्ठ मित्र जाभी हर्नान्डेज हुन् ।

कतारको राजधानी दोहाको शेख महमद बिन खलिफा अल–थानी अध्यक्ष रहेको यो फुटबल क्लव कतारको लिगहरूमा सहभागी हुँदै आएको छ ।

यद्यपी कतारको यो प्रस्तावलाई मेस्सीले स्विकार गर्लान् या नगर्लान् भन्ने सन्दर्भमा कुनैपनि आधिकारीक धारणा भने सार्वजनिक भएको छैन । स्काइ स्पोर्ट इटालिया र आरएमसी स्पोर्टका अनुसार मेस्सी र पेरिस सेन्ट जर्मेनबीच अनुबन्धका लागि छलफल सुरु भइसकेको छ ।

विश्वका नामी फुटबल क्लबहरू यतिबेला मेस्सीलाई आफ्नो क्लवमा तान्न तछाडमछाड गरिरहेका छन् । अन्ततः मेस्सीले कुन क्लव रोज्लान् त्यो भने विश्वभरका फुटबलका दर्शक र मेस्सीका फ्यानहरूका लागि ठुलो कौतुहलताको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको