३१ आश्विन २०७८, आईतवार

अफगानिस्तानको प्रान्तीय राजधानी तालिबानको कब्जामा



एजेन्सी । तालिबानले अफगानिस्तानको दक्षिण पश्चिम क्षेत्रमा रहेको निमरोज प्रान्तको राजधानी जरन्जा कब्जा गरेको छ ।

सरकारी अधिकारीहरूले तालिबानले निमरोज प्रान्तको राजधानी जरन्ज कब्जा गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । तालिबान लडाकुले शुक्रबार उक्त राजधानी कब्जा गरेका हुन् ।

इरानसँग सीमा जोडिएको जरन्ज व्यापारिक केन्द्र हो । बीबीसीका अनुसार आसपासका जिल्ला कब्जा गरेपछि तालिबानले यो राजधानी कब्जा गर्ने प्रयास गरिरहेका थिए ।

तालिबानले जरन्जामा कब्जा गरेको घोषणा गरेको छ । तर, सरकारका तर्फबाट भने जरन्जामा आफ्नो नियन्त्रण गुमेको सम्बन्धमा आधिकारिक पुष्टि भइनसकेको बीबीसीले जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने घोषणासँगै तालिबानको आक्रमकता बढेको छ । तालिबानले अफगानिस्तानका थुप्रै सीमावर्ती चौकीका साथै ठूलो क्षेत्रमा कब्जा जमाइसकेको छ ।

साथसाथै हेरात तथा लस्कर गाहमा पनि भीडन्त भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको