५ कार्तिक २०७८, शुक्रबार

रातको २ बजे बालाजु औद्योगिक क्षेत्रमा आगलागि, अझै आएन नियन्त्रणमा



२३ साउन, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन कठिन भएको छ । प्रहरी वृत्त बालाजुका अनुसार औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन । आगलागि राति दुई बजेदेखि सुरु भएको प्रहरीले जनाएको छ ।

शनिवार बिहानैदेखि हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेपनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको हो । तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन निकै कठिन भएको प्रहरीको भनाइ छ । आगलागि नियन्त्रणका लागि गएको हेलिकप्टर अहिले फर्किसकेको छ ।

आगलागि शुरु हुने बित्तिकै १९ वटा पानी ट्याङ्कर र ९ बारुणयन्त्र रातिदेखि नै परिचालन गरिएको थियो । आगो नभाउन सम्भव नभएपछि बिहान मात्रै हेलिकप्टर पठाइएको हो । आगो नियन्त्रणमा नआएपछि हेलिकप्टर फर्किएको प्रहरी जनाएको छ । आगलागीको कारण नखुलेको र यसबाट भएको क्षतिको विवरण पत्ता लागेको छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको