शनिबार १ हजार ४१ जनामा कोरोना पुष्टि, थप ९ को मृत्यु
२० भाद्र, काठमाडौं । गएको २४ घण्टाभित्र मुलुकभर १ हजाार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर १२ हजार ४ सय ७५ नमुना परिक्षण भएकोमा ३४९ महिला र ६९२ पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज काठमाडौं उपत्यकामा आज मात्रै ४०८ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना सङ्क्रमित थपिएका छन् ।
शनिबार थपिएकासहित हालसम्म सङ्क्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ । त्यस्तै देशका विभिन्न अस्पतालमा उपचाररत १५ सय ६६ कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ ।
आज देशभर ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो संख्यासहित मृतकको संख्या २ सय ८० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परिक्षण भएको छ । हालसम्म ७ लाख ५७ हजार भन्दा बढिको पिसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।