३१ आश्विन २०७८, आईतवार

अचानोको पिर



ढिकी जाँतो कुटो कोदाली
घाँस दाउरा उकाली ओराली
कति गर्दछ्यौ नारी ?
पुरुष पियारी
बालक स्याहारी
चुल्हो चौको घरबारी
कति गर्दछ्यौ नारी ?

तिम्रा लागि
पुरुषको नासो
गलाको पासो
पोते र धागो
शिरमा सिन्दुर
पहिरिएर
अचानो बनेर
सहन्छ्यौ पिर
मन्दिरमा दीप बाल्दै
पति परमेश्वरको
व्रत बस्दै
पाउको पानी खान
निहुराउछ्यौ शिर ।

बदलामा तिमीलाई
कुल्चेर हिँड्छ
आखिरमा पुरुष
खुकुरी बनेर दिन्छ
मनभित्र चोट
लगाउँदै चरित्रमा खोट
रोजेर बगैँचामा
फूलको बोट
घर सजाउँछ
गरेर नयाँ
साथीको छनोट ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको