३१ आश्विन २०७८, आईतवार

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस



२२ साउन, काठमाडौं । कोरोना महामारी थप भयावह बन्ने खतरा बढेको भन्दै स्वास्थ्य मन्त्रालयले निकट भविष्यका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई परिक्षा स्थगित गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार संक्रमण फैलँदै गएको अवस्थामा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील हुनुपर्ने भएकाले परीक्षा स्थगनका लागि सिफारिस गरिएको हो ।

कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको छ ।

यसैगरी कोभिड संक्रमण बढ्दै गइरहेको बेला हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्न माग गर्दै समाजशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले नो भ्याक्सिन, नो एक्जाम नारासहित प्रदर्शन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको