३ कार्तिक २०७८, बुधबार

ओलम्पिक गेम्समा चीन र अमेरिकाको घम्साघम्सी



२२ साउन, टोकियो ।जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा मुख्यतया शक्तिशाली राष्ट्रहरू चीन र अमेरिका बीच घम्साघम्सी चलिरहेको छ । चीनले ३६ स्वर्ण, २६ रजत र १७ कास्य गरी ७९ पदकसहित अग्रस्थान कायम नै राखेको छ ।

त्यस्तै अमेरिकाले ३१ स्वर्ण, ३६ रजत र ३१ कास्य पदक सहित ९८ पदक सहित चीनसँग प्रतिस्प्रर्धा गरिरहेको छ । कुल पदक सख्यामा अमेरिका १९ पदकले अगि भएता पनि स्वर्ण पदक संख्यामा भने अमेरिकाभन्दा चीन ५ पदकले अगि छ ।

आयोजक राष्ट्र जापान २४ स्वर्ण, १३ रजत र १६ कास्य पदकसहित ५१ पदक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । त्यस्तै बेलायत १८ स्वर्ण, २० रजत, २० कास्यसहित चौथो र रसिया १७ स्वर्ण, २३ रजत र २२ कास्य पदकसहित पाचौं स्थानमा रहेका छन् ।

पर्सि आइतबारसम्म चल्ने टोक्यो ओलम्पिकमा कसले बाजी मार्ला भनी विश्वका सबै खेलप्रेमीले कोतुहलतापूर्वक हेरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको