२ कार्तिक २०७८, मंगलवार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्योः एकैदिन ३,७२९ जना संक्रमित, २५ जनाको मृत्‍यु



२२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको पाइएको छ । ९ हजार ४ सय ९३ जनालाई पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन् भने १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएर घर गएका छन् । आजका मितिसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको छ । यीमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचार गराइराखेका छन् ।

त्यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको