२ कार्तिक २०७८, मंगलवार

कक्षा १२ को परिक्षा रोक्न सिफारिस



साउन २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा रोक्न सिफारिस गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको हो ।

मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमतिबारे पुनर्विचार गर्न आग्रह गरेको थियो । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भने भोलि (शनिवार) बोलाइएको छ ।

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो । त्यही अनुसार सीसीएमसीले शिक्षा मन्त्रालयलाई पत्र पठाएको छ भने मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भोलि शनिबार ११ बजे बैठक बोलाइएको जानकारी दिनुभयो । मन्त्रालयले पनि अहिले भौतिक रुपमा परीक्षा गर्न सक्ने अवस्था नभएकाले परिक्षा लिने निर्णय पुनर्विचार गर्न आग्रह गरिएको प्रष्ट पारेको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार ३१ साउनदेखि तोकिएको परीक्षा स्थगित हुने भएको हो । तर आन्तरिक मूल्यांकनकै आधारमा हुन्छ वा भोलिका दिनमा भौतिक रुपमा परीक्षा हुन्छ भन्ने चाहिं अझै टुंगो नलागेको ति धिकारीले बताए । परिक्षा के गर्ने भन्नेबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने मन्त्रालय स्रोत बताउँछ । उता परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरिसकेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको