३ कार्तिक २०७८, बुधबार

बागमतीमा सफा पानी बगाउन शिवपुरी डाँडामा विशाल ताल बनाइँदै



२२ साउन, काठमाडौं । देशको संघीय राजधानी काठमाडौं उपत्यकाकै सौन्दर्यको महत्वपूर्ण हिस्सा बागमती नदी पनि हो । अब्यवस्थित शहरिकरण र ढलको सहि व्यवस्थापन नहुँदा बागमति वर्षौँदेखी गनाँउदै बगिरहेको छ । पछिल्लो समय केहि हदसम्म भएपनि तुलनात्मक रूपमा अलि सफा भने देख्न सक्छौँ । बागमती नदीमा सफा पानी बगाइदैछ भन्ने खबरले उपत्यकाबासीको मात्रै होइन काठमाडौं आएका हरेक नेपालीको मन खुशीले भरिनेछ । यो खवरले पर्यटकहरूलाई पनि उत्साहित बनाउनेछ ।

बागमती नदीमा पानीको प्रवाह बढाउन शिवपुरी राष्ट्रिय निकुञ्ज क्षत्रभित्र अहिले विशाल ताल निर्माण भइरहेको छ । झण्डै एक वर्ग किलोमिटरमा फैलने यो ताल निर्माण सम्पन्न भएपछि बागमतीमा प्रतिसेकेण्ड ४० लिटर सफा पानी थपिनेछ । सँगै शिवपुरी डाँडामा अर्को झण्डै ९ वर्गकिलोमिटरको नागमती ताल बनाउन वातावरणीय अध्ययन अघि बढेको छ । नागमती बाँधबाट थप ४०० लिटर प्रतिसेकेण्ड पानी बागमतीमा बग्नेछ ।

शिवपुरी निकुञ्जभित्र पहिलादेखि नै दलदल र सानो ताल रहेको धाप भन्ने ठाउँमा अहिले बाँध बाँधिएको हो । धाप बाँध निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

ताल निर्माण कार्य सम्पन्न गर्न अझै केही प्राविधिक काम बाँकी रहेको आयोजनामा खटिएका इन्जिनियर निश्चल छत्कुलीले जानकारी दिएका छन् । उनका अनुसार लकडाउनका कारण भारतीय कामदार आउन ढिलाइ भएको कारण निर्माण कार्य प्रभावित भएको छ ।

बाँधको निर्माण सम्पन्न भएपछि उक्त तालमा वर्षाको पानी जम्मा गरिनेछ । असार, साउन, भदौ र असोजमा पर्ने पानीलाई जम्मा गरेर बाँकी ८ महिना नागमती खोला हुँदै बागमतीमा पठाइनेछ । लकडाउनका कारण समयमा काम नसकिएकाले यसपटकको वर्षा यामको पानी भने बाँधमा जम्मा नहुने भएको छ ।

ईन्जिनियर छत्कुलीका अनुसार आउँदो अक्टोबर महिनासम्ममा सबै काम सम्पन्न गर्नेगरी काम अगाडी बढाइएको छ । उनले भने, ‘आगामी वर्षमा हामी पानी जम्मा गर्छौँ । अर्को वर्षको हिउँदमा बागमतीमा पानी छाड्छौँ ।’

तालमा वर्षा याममा साढे ८ लाख घनमिटर पानी जम्मा हुनेछ । त्यसका लागि २४ मिटर अग्लो बाँधको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यो आयोजना भनिएजस्तै गरी सम्पनि भई सञ्चालनमा आयोभने बागमतीमा बग्दै गरेको सफा पानीमा माछा खेलिरहेको दृश्य हामी छिट्टै देख्न पाउनेछौँ, बागमतीलाई हेरेर छ्या भन्ने हामीहरू नै आहा दिन भन्नेछौँ । ढलको यथोचित व्यवस्थापन र फोहोर फाल्न नदिन थप कडा निगरानी गरियो भने बर्सौँपछि बागमतीले साँच्चै नयाँ जिवन पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको