३१ आश्विन २०७८, आईतवार

माधव नेपालपक्षको स्थायी कमिटी बैठक जारी



२२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको वुद्धनगरमा स्थायी कमिटी बैठक चलिरहेको छ । केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै शुक्रबार स्थायी कमिटी बैठक सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुने सन्दर्भमा केन्द्रीय कमिटी सदस्यहरूले मिश्रित धारणा राखेका छन् । कसैले देउवा सरकारका सहभागी हुनेपर्ने त कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेका थिए ।

यस्तै केही सहभागी नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीले माफी मागे मात्रै पार्टी एकता गर्नुपर्ने धारणा राखेका थिए । आन्तरिक विवाद समाधान गरी पार्टी एकताको पक्षमै अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । नेपालपक्षको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बिहीबार पनि बसेको थियो ।

गत साउन ३ मा देउवालाई नेता नेपालसहित २२ एमाले सांसदले समर्थन दिएका थिए ।

त्यसपश्चात राजिनामा दिन बाध्य ओलीले आफ्नो निवास बाल्कोट पुगेर भाषण गर्ने क्रममा माधव नेपाललाई गद्दार भन्न समेत भ्याएका थिए । उनले नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका थिए ।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सम्बन्ध बिग्रेको छ । यसकारण पनि पार्टी एकता सहजै होला भनेर एकिन गर्न सकिने अवस्था बनिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको