३१ आश्विन २०७८, आईतवार

वार्सिलोना ओलम्पिकमा आतसवाजी गर्दा सदस्य–सचिव राजबहादुर सिंहलाई हृदयघात भयोः हरिबहादुर रोकाया



एभरेष्ट म्याराथुनबाट गिनिच बुकमा विश्व कीर्तिमान राख्न सफल हिम चितुवाका नामले परिचित हरिबहादुर रोकायाले सन् १९८८ को दक्षिण कोरियामा भएको सियोल ओलम्पिक र सन् १९९२ मा स्पेनको वार्सिलोनामा भएको ओलम्पिकमा भाग लिए । देशको तर्फबाट २ पटक ओलम्पिक गेम्समा भाग लिन जाँदाको अनुभव निकै रोचक छ ।

सियोल ओलम्पिकमा नेपालबाट विभिन्न विधामा ५ जना खेलाडी र २५–२६ जना कोच, अफिसियल भाग लिएका थिए । आफू दौड्ने मात्र धाउन्नमा लागेकाले कुन–कुन विधानमा को–को खेलाडी, अफिसियल थिए भन्ने उनलाई अहिले त्यति सम्झना छैन । आफूहरूलाई ओलम्पिक भिलेजमा बढो सुव्यवस्थित ढंगले राखिएको थियो । खानपिनको लागि डाइनिङ हलमा ७०० सय किसिमका विभिन्न परिकारहरू राखिएको थिए । डाइनिङ हल चौविसै घण्टा खुला राखिने र सहभागीहरूले आफूलाई इच्छा लागेको कुरा खान पाइने व्यवस्था गरिएको थियो ।

सिओल ओलम्पिकमा हरिबहादुरले १० हजार मिटर दौडमा प्रतिस्प्रर्धा गरेका थिए । उनले सो दौड ३० मिनेट ४८ सेकेण्डमा पुरा गरी बैकुण्ड मानन्धरले बनाएको राष्ट्रिय रेकर्डलाई तोडेका थिए । आफ्नो रेकर्ड अहिलेसम्म नेपालबाट कसैले तोड्न नसकेको उनी बताउँछन् । आर्मीको राजेन्द्र भण्डारीले रोकायाको रकेर्ड तोडे तापनि उनी डोपिङमा परेकाले त्यो रेकर्ड मान्य हुँदैन ।

बार्सिलोना ओलम्पिकमा नेपालको तर्फबाट नेतृत्व तत्कालिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राजबहादुर सिंहले गरेका थिए । ओलम्पिक खेलको उद्घाटन शत्रमा ठुलठुला पटकाहरू पड्काएर भव्य आतसवाजी गर्दा सदस्य–सचिव राजबहादुर सिंहलाई हृदयघात भई हस्पिटल भर्ना गर्नु परेको थियो । यसले नेपाली खलाडी, अफिसियलहरूले ठुलो मानसिक तनाव व्यहोर्नु परेको थियो ।

बार्सिलोना ओलम्पिकमा नेपालको तर्फबाट नेतृत्व तत्कालिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राजबहादुर सिंहले गरेका थिए । ओलम्पिक खेलको उद्घाटन शत्रमा ठुलठुला पटकाहरू पड्काएर भव्य आतसवाजी गर्दा सदस्य–सचिव राजबहादुर सिंहलाई हृदयघात भई हस्पिटल भर्ना गर्नु परेको थियो । यसले नेपाली खलाडी, अफिसियलहरूले ठुलो मानसिक तनाव व्यहोर्नु परेको थियो ।

सन् १९९२ को स्पेनको वार्सिलोना ओलम्पिकमा हरिबहादुरले ४२ किलोमिटर १९५ मिटरको फुल म्याराथुनमा भाग लिएका थिए । कर्णालीको जुम्लामा जन्मिएका उनलाई वार्सिलोनाको हावापानी र वातावरण अनुकुल भएन । अत्याधिक गर्मी मौसमका कारण जिऊभरी फोकाहरू आएकाले उनले नेपालमा आफैले बनाएको रकेर्ड तोड्न सकेनन् । हरिबहादुरले नेपालमा फुल म्याराथुन २ घण्टा २४ मिनेटमा पुरा गरेका थिए भने वार्सिलोना ओलम्पिकमा २ घण्टा ३२ मिनेटमा पुरा गरे । उक्त प्रतिस्प्रर्धामा करिव १९५ देशले भाग लिएकोमा आफू ७० औं नम्वरमा आएको बताउँछन् । साफ गेम्समा स्वर्ण पदक ल्याउने श्रीलङ्काको खेलाडी ७१ नम्बरमा आएको थियो, उनी श्रीलङ्कन खेलाडीले आफूलाई नेपाल फस्ट श्रीलङ्का सेकेण्ड भयो भनि हँसाएको सम्झन्छन् ।

बार्सिलोना ओलम्पिक खेलेर नेपाल आउँदा राज्यबाट प्रोत्साहन गर्नु त कुरै छोडौं भएको सहायक प्रशिक्षकको जागिर पनि चट गरिएको थियो । नयाँ सरकारले २०४६ सालको जनआन्दोलन दबाउन खेलाडीहरूलाई मण्डलेका रूपमा प्रयोग गरिएको भनी हरिबहादुरलाई जागिरबाट हटायो । जन आन्दोलन दबाउन केहि खेलाडीहरूको दुरुपयोग गरिएको रहेछ तर उनी दौडतिरको भएकाले केहि पनि थाह थिएन । विनासित्ति जागिर गयो । करिव २ वर्षजति काठमाडौंका घरघरमा वायरिङ गर्दै ट्रेनिङ गर्ने गरे ।

बार्सिलोना ओलम्पिक खेलेर नेपाल आउँदा राज्यबाट प्रोत्साहन गर्नु त कुरै छोडौं भएको सहायक प्रशिक्षकको जागिर पनि चट गरिएको थियो । त्यसताका भर्खरै २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई नयाँ सरकार बनेको थियो । नयाँ सरकारले आन्दोलन दबाउन खेलाडीहरूलाई मण्डलेका रूपमा प्रयोग गरिएको भनी हरिबहादुरलाई जागिरबाट हटायो। जन आन्दोलन दबाउन केहि खेलाडीहरूको दुरुपयोग गरिएको रहेछ तर उनी दौडतिरको भएकाले केहि पनि थाह थिएन । विनासित्ति जागिर गयो । करिव २ वर्षजति काठमाडौंका घरघरमा वायरिङ गर्दै ट्रेनिङ गर्ने गरे । पछि २०५२ सालमा केशव स्थापित परिषद्को सदस्य–सचिव भएपछि पुनः प्रशिक्षकको जागिर दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको