५ कार्तिक २०७८, शुक्रबार

मेस्सी बार्सिलोना छाड्दै, अबको गन्तब्य कता ?



२२ साउन, काठमाडौं । मेस्सीले बार्सिलोना छाड्ने भएका छन् । तर उनले क्लबाट हासिल गरेको उपलब्धिको रेकर्ड दशकौँसम्म कायम रहनसक्छ । उनले बार्साबाट ३० वटा उपाधि जितेका छन् ।

यसक्रममा सर्वाधिक ६ पटक बालोन डिुओर जित्ने इतिहास पनि राखेका छन् । उनले १० पटक लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका छन् । मेस्सीले बार्साबाट जितेको अन्तिम उपाधि २०२०(२१ को कोपा डेल रे हो । एथलेटिक क्लबविरूद्वको फाइनलमा उनले २ गोल गरेका थिए ।

बार्साको इतिहासमा यति धेरै उपाधि र अवार्ड कसैले जितेको छैन ।

स्काइ स्पोर्ट इटालिया र आरएमसी स्पोर्टका अनुसार मेस्सी र पेरिस सेन्ट जर्मेनबीच अनुबन्धका लागि छलफल सुरु भइसकेको छ ।

​बार्सिलोनासँग करारबारे छलफल असफल भएसँगै ६ पटकका बालोन डि’ओर विजेता र पीएसजीबीच छलफल भएको बताइएको छ । छलफल सकारात्मक भए लिग वानमा बार्सिलोनाका पूर्व खेलाडी नेयमारसँग मेस्सीले पुनः खेल्न पाउनेछन् । यद्यपि, मेस्सीलाई अनुबन्ध गर्नअघि पीएसजीले केही खेलाडीहरूलाई भने बेच्नुपर्ने हुन्छ ।

उता, प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी पनि मेस्सीको सम्भावित गन्तव्यका रुपमा हेरिएको छ । लामो समयदेखि मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डिओलको पुनर्मिलनको चर्चा चलिरहेको छ । म्यानचेस्टर इभिनिङ न्यूजसँग कुरा गर्दै क्लबका चिफ अपरेटिङ अफिसर ओमार बेराडाले क्लबसँग मेस्सीलाई अनुबन्ध गर्ने स्रोत रहेको बताएका छन् ।

यद्यपि, हालै ज्याक ग्रिलिसलाई १० करोड पाउन्डमा खरिद गरेको र अझै ह्यारी केनलाई पछ्याइरहेको सिटीले मेस्सीलाई अनुबन्ध गर्छ या गर्दैन भन्ने चाहिँ हेर्न बाँकी छ ।

स्रोतः एजेन्सी


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको