५ कार्तिक २०७८, शुक्रबार

कोरोना नियन्त्रणबारे प्रधानमन्त्रीसँग राष्ट्रपतिको चासो



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको