३ कार्तिक २०७८, बुधबार

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्धन कोष’ स्थापना गर्ने



२१ साउन, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्धन कोष’ स्थापना गर्न लागेको छ । दर्शनशास्त्रको अध्ययन/अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यका साथ प्रतिष्ठानले कोषको स्थापना गर्न लागेको हो ।

प्रज्ञा–प्रतिष्ठानद्वारा हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति, दर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले आफूले पुरस्कारबापत प्राप्त गरेको दुई लाख रुपैयाँ रकम दर्शनशास्त्र विषयको अध्ययन/अनुसन्धानका लागि टेवा पुर्याउने उद्देश्यले प्रतिष्ठानलाई हस्तान्तरण गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रा.डा. मिश्रले दिएको उक्त दुई लाख रकमलाई बीज पुँजीका रूपमा जम्मा गरी प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सो रकममा तीन लाख रुपैयाँ थप गरेर पाँच लाख रुपैयाँको ‘दर्शनशास्त्र प्रवर्धन कोष’ स्थापना गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको