३१ आश्विन २०७८, आईतवार

युवा डोरीले बाधेर कुट्ने वडा अध्यक्ष पक्राउ




२१, साउन, सुर्खेत । डोरीले बाधेर स्थानीय युवा सर्पे दमाईलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका– २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याएको छ । बिहिबार बिहान इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम झिकाइएको हो ।

वडा अध्यक्षलाई पक्राउ गरेर बाटोमा ल्याइरहेको र कानून बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए । ‘प्रहरी प्रतिवेदन र भिडियोका आधार मुद्दा चलाउँछौं । उनले भने,‘पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन् ।’

पीडित पक्षले अहिलेसम्म जाहेरी दिन मानेकोक छैन् । वडा अध्यक्षको दबावमा पीडित पक्षले प्रहरीमा जाहेरी दिन मानेको छैनन् ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालय पीडित सर्पेसँग सम्पर्क गर्दा वडा अध्यक्ष आफैँले फोन उठाएको र घटना नै नघटेको सर्पेले बयान दिएको आयोगको कार्यालयले जनाएको छ । ‘घटना होस्टस्टाइल भइसकेको छ,’ आयोगको कार्यालयले भन्यो,‘प्रहरीले प्रतिवेदनका आधारमा पीडितलाई न्याय दिन आवश्यक रहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको