१ आश्विन २०७८, शुक्रबार

आफू विरुद्ध फैलाइएको अफवाह प्रमाणित गर्न वायुसेवा निगमका महाप्रबन्धक पौडेलको चुनौती



२१ साउन, काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले आफू विरुद्ध नियोजित रूपमा केहि पत्रपत्रिका र सामाजिक सञ्जालमा फैलाइएको अफवाहलाई प्रमाणित चुनौती दिएका छन् ।

महाप्रवन्धक पौडेलले सामाजिक सञ्जालमार्फत् भनेका छने, ‘निगमको ८० अरबको सम्पत्ति ५० अरब मुल्याङ्कन गरायो भन्ने पत्रपत्रिका र सोसियल मिडिया प्रेमीहरू ! कम्तिमा मेरो यत्ति चुनौति त स्विकार गरः कहाँ, कहिले, कसबाट मुल्याङ्कन गराएको रहेछु ? रिपोर्ट कहाँ छ ? कहाँ पेश गरे ? एउटा सानो टुक्रा भए पनि प्रमाण देखाउन सक्छौं???’

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा हजार पटक दोहोराए पनि झुट झुटै हो भनेका छन् । उनले यस्तै स्वार्थ समुहका र भ्रष्टहरुको अफवाहहरुले गर्दा निगम सुध्रिन नसकेको बताएका छन् । आफूलाई कमजोर बनाउन खोजे पनि निगमलाई बचाउन आफू प्रतिबद्ध रहेको पौडेलले जनाएका छन् ।

उनले आफू नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हाले पछी कुनै पनि पार्टीको कुनै पनि कमिटीको आवद्धता तथा पद स्विकार नगरेको समेत बताएका छन् । आफू महाप्रबन्धकको पदमा रहुन्जेल कुनै पनि पार्टी वा त्यसको जनवर्गिय संगठनमा आवद्ध नहुने समेत जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको