२ कार्तिक २०७८, मंगलवार

लागू औषध (ब्राउन सुगर) सहित २ जना पक्राउ



२१ साउन, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–७ ईत्रामस्थित औधोगीकबाट जुम्ला तिला गाउँपालिका–५ का १८ वर्षीया कालीबहादुर शाही र सोही ठाउँका २१ वर्षीया खिमराज शाहीलाई पक्राउ गरेको हो ।

खिमराजले ३ पुडिया जमिनमा फालेको र कालीबहादुरले लगाएको जिन्स पाईन्टमा४ पुडिया लागू औषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ बरामद गरी तत्काल नापतौल गर्ने साधन जुटाई नापतौल गर्दा खिमराज शाहीले भुईमा फालेको ३ पुडियासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।

त्यस्तै, राजश्व छली गरि ल्याएको अबैध सरसामान सहित १ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दाङदेखि जाजरकोटसम्मको लागी जाँदै गरेका १ क ३७ नम्बरको मिनि ट्रकमा राजश्व छली गरि अबैध रुपमा ३ लाख ९६ हजार राबरको तेल ओसार पसार गरी लैजाँदै गरेको अबस्थामा अस्थायी प्रहरी पोष्ट बबई ट्रक चालक कन्चनपुर सुक्लाफाँट नगरपालिका–५ का ३२ वर्षीया लोकबहादुर बि.क.लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिल नभएको हुँदा अबैध सामान, ट्रक र सवारी चालकलाई नियन्त्रणमा लिई आवस्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोक छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको