२ कार्तिक २०७८, मंगलवार

७० पदक सहित चिन अग्र स्थानकायमै, बेलायतले अष्ट्रेलिया र रसियालाई उछिन्यो



२० साउन, जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित अग्रस्थानमा रहेको छ । चीन ३२ स्वर्ण, २२ रजत र १६ कास्य गरी ७० पदकसहित प्रथम स्थान कायम नै राखेको छ । आज भने चिनले स्वर्ण पदक हात पार्न सकेन ।

त्यस्तै अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक सहित ७९ पदक सहित चीनलाई पछ्याइरहेको छ । कुल पदक सख्यामा अमेरिकाको बढि भएता पनि स्वर्ण पदक संख्यामा भने अमेरीकाको भन्दा चीनले ७ वटा बढि पदक जितेको छ ।

आयोजक राष्ट्र जापान २१ स्वर्ण, ७ रजत र १२ कास्य पदकसहित ४० पदक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । त्यस्तै बेलायत १५ स्वर्ण, १८ रजत, १५ कास्यसहित चौथो र अष्ट्रेलिया १५ स्वर्ण, ४ रजत र १७ कास्य पदकसहित पाचौं स्थानमा रहेका छन् । आज बेलायतले अष्टे«लिया र रसियालाई उछिनेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको