३१ आश्विन २०७८, आईतवार

दैलेखको आदिवासी मानवअधिकार समन्वय समितिको संयोजकमा गणेश सलामी



२० साउन, काठमाडौं । नेपाल आदिवासी मानव अधिकार समन्वय समिति दैलेख शाखाको संयोजकमा गणेश सलामी मगर चयन भएका छन् । आज दैलेख जिल्ला सदरमुकाममा भएको भेलाले सलामीको संयोजकत्वमा ११ सदस्यीय समिति बनाएको हो ।

भेलाले सह–संयोजकमा सूर्यकुमारी श्रेष्ठ र सचिवमा विनोद गुरुङलाई छनौट गरेको छ । त्यस्ते सदस्यहरूमा टोपबहादुर खप्तडी, पूर्णबहादुर माझी, राजेशकुमार राना मगर, विष्णु गुरुङ, दिलबहादुर गुरुङ, पार्वती तामाङ, प्रेम राम्जाली मगर र हिक्मत गाहा मगरलाई चयन गरेको छ ।

यो संस्था आदिवासी जनजातीका मानव अधिकारका विषयमा काम गर्ने उद्देश्यले स्थापना गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको