१९ फाल्गुन २०७७, बुधबार

सचेत नभए कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्छः मन्त्री ढकाल



१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उच्च सतर्कता नअपानाए काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्ने बताएका छन् । मन्त्री ढकालले काठमाडौं जस्तो ठुलो जनघनत्व भएको शहरमा कोरोना समुदायस्तरमा फैलियो भने त्यो नियन्त्रण बाहिर जाने धारणा राखेका हुन् ।

यस्तो भयावह अवस्था सिर्जना हुन नदिन सबैले उच्च सतर्कता अपनाउन मन्त्री ढकालले आग्रह गरे । उनले भने, ‘उपत्यका बाहिरबाट आएकालाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन संचालनमा ल्याउने र पिसीआर परिक्षणको दायरा फराकीलो बनाउने तयारीमा सरकार जुटिसकेको छ ।’

तर सरकारले लागु गरेका मापदण्डलाहरु पूर्ण पालना नभइरहेको अवस्थामा भाइरस संक्रमणको खतरा बढेको मन्त्री ढकालको बुझाई छ । उपत्यका बाहिरबाट काठमाडौं आएकालाई नाकामा पिसीआर परिक्षण गर्दा कोरोना पुष्टि हुनुले संक्रमणको जोखिम बढेको उनले बताए ।

मन्त्री ढकालले संक्रमण बढी देखिएका जिल्लाहरुमा विशेष अनुगमन र मुल्यांङ्कन गरी जोखीपूर्ण क्षेत्रमा लकडाउन कार्यन्वयन गर्नेतर्फ सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।

सरकारसँग दैनिक १८ हजार पिसीआर परिक्षण गर्नसक्ने स्रोत साधन भएको बताउदै मन्त्री ढकालले कम्तिमा ६ लाखको स्वाव परिक्षण गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु