२० मंसिर २०७८, सोमबार

२४ घण्टा भित्रै चीनको पुल बनाउने क्षमता



१९ साउन, काठमाडौं । गत जुलाइमा भएको भारी वर्षा र पहिरोका कारण चीनको चिनघाइ प्रदेशको ३०२ प्रदेश हाइवे अबरूद्ध हुन पुग्यो । यसका कारण ट्राफिकमात्र अबरूद्ध भएन पूर्वाधार तहसनहस भइ जनजीवन नै अस्तब्यस्त हुने अवस्था सिर्जना हुन पुग्यो ।

३०२ प्रिफेक्चरमा तहसनहस हुन पुगेको पुल पुन निर्माणका लागि स्थानीय अधिकारीले स्टिल पुल तुरून्तै जडान गर्न लगाए । १८ सय भन्दा बढी ट्राफिकहरू जम्मा भइसकेको अवस्थामा यस्तो स्थायी पुलले समाधानको बाटो निकाल्यो । अधिकारीहरूले वर्षाले गरेको क्षतिबाट उद्दार गर्न र आवश्यक राहत सामग्रीहरू प्रभावित ठाउँमा पठाउन सके ।

पूर्वाधार निर्माण र विज्ञान प्रविधिमा चमत्कार गर्दै आएको चीन संकट पर्दा स्थानीय सरकारहरूले नै २४ घण्टाभित्र हाइवेमै ठूलो पुल जोड्न सक्ने क्षमता प्रदशन गरेका छन् ।  

(स्रोतः विल्ट बाइ चाइना) ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको