१० आश्विन २०७८, आईतवार

टोकियो ओलम्पिकः ६९ पदक सहित चिन निरन्तर अग्र स्थानमा



१९ साउन, जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन निरन्तर ६९ पदकसहित अग्र स्थानमा रहेको छ । चीन ३२ स्वर्ण, २१ रजत र १६ कास्य गरी ६२ पदकसहित प्रथम स्थान कायम नै राखेको छ ।

त्यस्तै अमेरिकाले २४ स्वर्ण, २८ रजत र २१ कास्य पदक सहित ७३ पदक सहित चीनलाई पछ्याइरहेको छ । कुल पदक सख्यामा अमेरिकाको बढि भएता पनि स्वर्ण पदक संख्यामा भने अमेरीकाको भन्दा चीनले ८ वटा बढि पदक जितेको छ ।

आयोजक राष्ट्र जापान १९ स्वर्ण, ६ रजत र ११ कास्य पदकसहित ३६ पदक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । त्यस्तै अष्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १५ कास्य सहित चौथो तथा रसिया १२ स्वर्ण, २१ रजत र १८ कास्य पदकसहित पाचौं स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको